कोरोना नियन्त्रणका लागि सरोकारवाला एकै ठाउँमा

खबरशाला संवाददाता  |  बैशाख १८, २०७८


तुलसीपुर, १८ बैशाख । कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णयहरु गर्दै सर्वपक्षिय सर्वदलिय बैठक सम्पन्न भएको छ ।

बढ्दो कोरोना महामारी रोकथाम तथा नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न सर्बदलिय सर्वपक्षिय बैठक भिमसेन शहरी तथा स्वास्थ्य प्रवद्र्धन केन्द्र अश्वारामा बसेको हो ।

बैठकले तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको संयोजकत्वमा आकस्मिक अक्सिजन व्यवस्थापन समिति गठन गरेको छ । जसको सदस्यमा तुलसीपुर उद्योगबाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर अटोभिलेज व्यवस्थापन समितिका अध्यक्ष पदम प्रसाद पोख्रेल (जेठुकान्छु) तुलसीपुर उपमहानगरपालिका कोभिड फोकल पर्सन बिमल केसी लगाएत रहनुभएको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्याय तुलसीपुरका इन्चार्ज तथा डिएसपी शिव बहादुर सिंहको संयोजकत्वमा एम्बुलेन्स व्यवस्थापन समिति गठन गरिएको छ । जसको सदस्यमा तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दिपक कुमाल, मोहन न्यौपाने सदस्य रहेको एक समिति गठन गरिएको ।


त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि पत्यक वडामा वडाध्यक्षलाई जिम्मादिने र शव बोक्नका लागि चार वटा गाडी तयारी अवस्थाम राख्नेगरी व्यवस्था मिलाउन पदम पोख्रेल (जेठुकान्छु) लाई जिम्मा दिने निर्णय गरिएको छ ।


सो अवसरमा तुलसीपुर उद्योगबाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले आकस्मिक अक्सिजन बैकमा ५ वटा अक्सिजन सिलिण्डर बराबरको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।


नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतमा भएको बसेको सर्वदलिय सर्वपक्षिय बैठकमा विभिन्न राजनीतिक दल, तुलसीपुर उद्योगबाणिज्य संघ, तुलसीपुर चेम्बर अफ कमर्स, वडाध्यक्ष, चिकित्सक, स्वास्थ्यकर्मी लगाएतको सहभागिता रहेको थियो ।

छलफलमा विशेष गरी अक्सिजन, वेड र शव व्यवस्थापनमा देखिएको चूनौतिका विषयमा गम्भिर रुपमा छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस