शरीरमा इम्युनिटी पावर कसरी बचाइराख्न के गर्ने ?

खबरशाला संवाददाता  |  बैशाख १४, २०७८

कोरोना भाइरसको भयावहसँगै मानिसले आफ्नो स्वास्थ्यको धेरै ख्याल राख्न थालेका छन्। र, अहिले सबैजसोलाई एउटै चिन्ता छ ‘शरीरमा आक्रमण गर्ने भाइरससँग कसरी जुध्ने?’

र, त्यसैका लागि चाहिन्छ रोग प्रतिरोधात्मक शक्त्ति अर्थात् ‘इम्युनिटी पावर।’

यहाँ लामो समयसम्म कसरी शरीरको इम्युनिटी पावर टिकाउन सकिन्छ भन्नेबारे केही चर्चा गरिएको छ। 

‘टी’ कोशिका तथा ‘बि’ कोशिकाहरू

इम्युन सिस्टमका दुई शाखा हुन्छन्। हरेक शाखाहरू अलग अलग प्रकारका डब्ल्यूबीसी-व्हाइट ब्लड सेल्सबाट बनेका हुन्छन्। यिनै कोशिकाहरूले हाम्रो शरीरको सुरक्षाको काम गरिरहेका हुन्छन्। 

जन्मदै प्राप्त हुने इम्युनिटी पावर नै हाम्रो शरीरका लागि सबैभन्दा ठूलो वरदान हो। बाहिरबाट कुनै चिज वा जीवाणु प्रवेश गर्नासाथ हाम्रो इम्युन सिष्टमले काम सुरु गरिसकेको हुन्छ। 

‘यो प्रतिक्रियामा न्यूट्रोफिल्स हुन्छ। जो मुख्यतया ब्याक्टेरियामाथि आक्रमण गर्न पुग्छ। मोनोसाइट्स इम्युन सिस्टमलाई व्यवस्थित गर्न सहयोग पुर्‌याउँदछ। सँगै यसले अरु प्रतिरक्षा कोशिकाहरू पनि संक्रमणका विरुद्ध तयारी अवस्थामा राखिरहेको हुन्छ। त्यसका अलावा कतिपय त्यस्ता ‘किलर सेल्स’हरूसमेत हुन्छन्, जो भाइरल तथा क्यान्ससँग लड्नेसम्मको क्षमता राख्छन्’ ब्रिटेनस्थित बर्मिन्घम विश्वविद्यालय अनन्तर्गत इन्स्टिच्युट अफ इन्फ्लेमेसन एन्ड एजिङका निर्देशकले इम्युन पावरका बारेमा बयान गर्दै भने। 

सार्स कोभिड भाइरस २ 

तर योसँगै केही अनुकुलन प्रतिक्रिया पनि हुन्छ। जो टि तथा बि लिम्फोसाइट्सबाट बनेको हुन्छ। यो एक विशेषप्रकारको रोगसँग लड्नसक्ने हुन्छ। यसको असर देखिनका लागि केही समय लाग्छ। तर, जब यसले भाइरसलाई चिन्दछ अनि त्यो शरीरमा प्रवेश गरेसँगै भाइरसँग लड्न थाल्छ।

जस्तो कि तपाइको उमेर ढक्लिदैँ जाँदा शरीरमा लिम्फोसाइट्सहरू पनि निकै कम बन्न थाल्छन्। तर तपाइलाई कोभिडजस्ता संक्रामक भाइरससँग लड्नका लागि उनीहरूको आवश्यकता रहिरहन्छ। 

यसबाट हामीले बुझ्नुपर्छ कि उमेरसँगै शरीरमात्रै होइन, त्यसभित्रको इम्युन पावर पनि कम हुँदै जान्छ। 
फ्लु भ्याक्सिन

इम्युनिटि बढाउनका लागि ‘फ्लु’ भ्याक्सिनहरूले पनि मदत गर्छन्। तर त्यसका लागि शरीरले प्रतिक्रिया देखाउनुपर्ने हुन्छ। ६५ वर्षभन्दा माथिका करिब ४० प्रतिशत वृद्ध शरीरले त्यसमा प्रतिक्रिया नदिन सक्छन्। 
तर हरेकको शरीरमा उमेरले फरक नपार्नसक्छ। कसैको शारीरिक वदलाव फरक फरक हुन्छ। कसैमा आनुवंशिक गुण पनि सर्दैसर्दै जान्छ। 

यो सबका लागि अर्थात इम्युनिटी पावरलाई सक्रिय बनाइराख्नका लागि आफ्नो शरीरलाई शरीरलाई सधैं सक्रिय राखिराख्नुपर्छ। 

जस्तो कि लामो समयसम्म एउटै मुद्रामा बस्नु पनि शरीरका लागि चुरोट पिउनु बराबर हो। अर्थात् शरीर चलायमान भइराख्नुपर्छ। मस्तिष्क चलायमान हुनुपर्छ।  

प्रतिक्रिया दिनुहोस