यी कुराले घटाउँछ इम्युनिटी पावर

खबरशाला संवाददाता  |  भदौ २१, २०७७

कोरोना भाइरसबाट सुरक्षित रहनका लागि इम्युनिटी पावर बलियो हुन जरुरी छ। थुप्रै अध्ययनले पनि जसमा इम्युनिटी पावर बलियो छ ती व्यक्तिमा कोरोना संक्रमण सहजै हुन नसकेको देखाएको छ। 

यतिवेला मानिस इम्युनिटी पावर बढाउनका लागि थुप्रै खानेकुराको सेवन गरिरहेका छन्। खानपानले पनि इम्युनिटी पावर बढाउनमा विशेषा भूमिका खेलेको हुन्छ।

त्यसैले जहिले पनि इम्युनिटी पावरमा असर पार्ने खानेकुराको सेवनमा ध्यान दिनुपर्छ। यी चार खाने कुराको अत्याधिक सेवनले इम्युनिटीमा असर गर्छ।

रक्सीको सेवन

रक्सी त्यसै पनि स्वास्थ्यका लागि हानिकारक चिज हो। त्यसमा पनि अत्याधिक मात्रामा सेवन गरियो भने त्यसले इम्युनिटी सिस्टमलाई कमजोर गर्छ।

धेरै रक्सी सेवन गर्ने मानिसमा रोग लाग्ने सम्भावना अत्याधिक हुन्छ। कमजोर शरीरमा भाइसरहरूले चाडो आक्रमण गर्न सक्ने भएकाले अत्याधिक मात्रामा रक्सी सेवन गर्नु हुँदैन।

नुनको सेवन

एक शोधका अनुसार अधिक मात्रामा नुनको सेवनले पनि इम्युनिटी सिस्टमलाई कमजोर पार्छ। उक्त शोधमा अधिक नुनको सेवनले शरीरमा भाइरससँग लड्न सक्ने क्षेमता कमजोर हुने दावी गरिएको छ। त्यसैले धेरै नुन खानु स्वास्थ्यका लागि राम्रो मानिदैन।

मिठा खाने कुरा

अत्याधिक मात्रामा मिठा खानेकुराको सेवन पनि स्वास्थ्यका लागि राम्रो मानिदैन। यसले इम्युनिटी पावरलाई कमजोर गरिदिन्छ। मिठा चिजको अत्याधिक सेवनले डायबिटीज जस्ता रोगको खतरा पनि हुन्छ। यदि इम्युनिटी पावरलाई बलियो बनाउन चाहनुहुन्छ भने मिठा खानेकुराको प्रयोग राम्रो मानिदैन।

कफी

अत्याधिक मात्रामा कफिको सेवन गर्दा यसले इम्युनिटी पावरलाई कमजोर पारिदिन्छ। अधिक कफिको सेवन गर्दा सुन्निने समस्या पनि पैदा हुन सक्छ।

इम्युनिटी बढाउन चाहनु हुन्छ भने कफिको सेवन गर्नु हुँदैन। र, सुत्नुभन्दा ६ घन्टा पहिले कफिको सेवन गर्नु हुँदैन

प्रतिक्रिया दिनुहोस