तुलसीपुरमा पिसिआर जाँच २७५७, पोजेटिभ १००, सक्रिय संक्रमित २२

खबरशाला संवाददाता  |  भदौ १७, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाभित्रमा २ हजार ७ सय ५७ जनामा पिसिआर परिक्षण भएको छ । जसमा ७ सय ८० जना समुदायस्तरका र अन्य विभिन्न क्वारेन्टाईनमा रहेका, कन्ट्याक्ट ट्रेसिङ्गमा परेका लगायतका रहेका छन् ।


तुलसीपुर उपमहानगरपालिकाका कोभिड फोकल पर्सन विमल केसीका अनुसार हालसम्म १ सय जनामा मात्रै कोरोना पोजेटिभ देखिएको छ । ‘प्रतिशतको आधारमा भन्दा यो निकै कम हो ’ केसीले भने । उनले विना आधार कसैको पनि पिसिआर जाँच नगरेको वताउँदै सबै आशंका रहेका व्यक्तिहरु रहेको पनि जानकारी दिए ।


कोरोना संक्रमणमा परेका धेरै जना निको भएको जानकारी दिदै फोकल पर्सन केसीले हाल २२ जना मात्रै सक्रिय संक्रमित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस