नयाँ मोबाइल वा ल्यापटप किन्दा यी कुरामा ध्यान दिनुहोस्

खबरशाला संवाददाता  |  श्रावण १, २०७७

काठमाडौं । आजको युगमा, हामी ग्याजेट त किन्छौं, तर कति लामो समयसम्म टिक्छ भन्ने कुरामा चिन्ता लिदैनौं । हाम्रो आशा हुन्छ, स्मार्टफोन वा ल्यापटपको ब्याट्री समाप्त नभएसम्म वा कुनै आवश्यक सफ्टवेयरले काम गर्न नछोडेसम्म आनन्दसँग चलिहाल्छ ।  

पछिल्लो क्यामेरा, छिटो काम गर्ने एपहरू र राम्रो स्क्रीन । यीनै हाम्रा रोजाइका विषय हुने गर्दछन् । यद्यपि हाम्रो यो सबै धारणा कम्पनीका मार्केटिङ प्रोफेसनलहरुले बनाइदिएका हुन्छन् ।

सत्य त यो हो कि फोन, कम्प्युटर, वा ट्याब्लेट जस्ता इलेक्ट्रोनिक्स सामग्री हामीसँग वर्षौंसम्म रहन सक्छन् । त्यसैले पनि हामीलाई डिभाइस खरीद गर्नु अघि त्यसको दीगोपनको सवालमा एकतहको अनुसन्धान त गर्नै पर्छ।

कोभिड १९ का कारण अहिले आर्थिक संट आइलागेको छ । यस्तोमा ग्याजेट खरिद गर्नु अघि केही विषयहरूमा ख्याल गर्न अझ सान्दर्भिक र महत्त्वपूर्ण हुन्छ ।

यो विषय कम्पनीले तपाईंलाई भनेको आधारमा नभई तपाईंको आवश्यकता अनुसार खरिद गर्नका लागि हो । रणनीतिक हिसावले भन्ने हो भने प्रविधि लामो कालका लागि छनौट गर्नु सही होइन । केही यस्ता प्रश्नहरू छन्, जसले तपाईंलाई प्रविधि छनौट गर्न मद्दत गर्नेछन् । 

मर्मतको सहजता

डिभाइस खरीद गर्नुअघि बिग्रेको खण्डमा यसलाई सजिलैसँग स्थानीय प्राविधिकमार्फत मर्मत गर्न सकिन्छ कि सकिँदैन खोज्नुहोस् । अहिलेको सयमा धेरैजसो चलेका ब्राण्डले थुप्रै स्थानमा सर्भिस सेन्टरहरु राखेका हुन्छन् ।

यदि तपाईं कम लोकप्रिय ब्राण्डको डिभाइस रोज्दै हुनुहुन्छ भने पहिले यसको मर्मत सम्भार सेवाको बारेमा जानकारी लिनुहोस् । 

के ब्याट्री फेर्न मिल्छ ?

ब्याट्री प्रतिस्थापन टिकाउ उत्पादनका लागि एउटा स्पष्ट संकेत हो । ग्याजेटहरूमा लिथियम आयन ब्याट्री राखिएको हुन्छ, जुन खराब हुनु अघि निश्चित पटक मात्रै चार्ज गर्न सकिन्छ ।

प्रायः फोन र ल्यापटपमा ब्याट्री हुन्छ, जुन प्राविधिकहरुले बदल्छन् । यस बाहेक, यस्ता धेरै उत्पादनहरू छन्, जसका पार्टस्‌हरू ग्ल्युड र मोहर गरिएका हुन्छन् । यस्तो अवस्थामा ती डिभाइसहरूको ब्याट्री फेर्न असम्भव हुन्छ ।

ताररहीत ईयरफोन यसको उदाहरण हो । एक पटक ब्याट्री खराब भएपछि, तपाईंलाई नयाँ ईयरफोन आवश्यक पर्छ । त्यसैले यदि तपाईं कुनै ब्याट्रीयुक्त उत्पादन खरीद गर्नेबारे सोच्दै हुनुहुन्छ भने, इन्टरनेटमा ब्याट्री प्रतिस्थापनको बारेमा पत्ता लगाउनुहोस्।

उत्पादको विश्वसनीयता

प्राविधिक उत्पादनको पनि घरेलु उपकरणमा जस्तै निश्चित असफल दर हुन्छ । यो दरले तपाइँलाई ब्राण्ड भरोसायोग्य भएको महसुस गराउँछ । उपभोक्ता सर्वेक्षण रिपोर्टको सहयोगमा घरेलु उपकरणहरूका साथै स्मार्टफोन, ल्यापटप, ट्याब्लेट, टीभी र प्रिन्टरहरूको डेटा पनि पाउन सकिन्छ । 

त्यसका लागि केही वेब फोरमहरूमा ती विषय पढ्न पनि सक्नुहुन्छ । यदि धेरैजसो ग्राहकहरूले त्यसमा समस्याहरूको बारेमा रिपोर्ट गरेका छन् भने उक्त डिभाइस खरीद गर्ने विषयमा विचार गर्नैपर्ने हुन्छ ।

बढी खर्च गर्नु पर्छ कि ?

लामो समयसम्म चलाउने विचारका साथ तपाईंले सबैभन्दा महँगो उपकरण किन्न जरुरी छैन । कन्फिग्रेसनमा पैसा लगानी गर्नुहोस्, जसले तपाईंलाई लामो समयसम्म खुशी राख्न सक्छ ।

यदि तपाईंले अधिक खर्च गर्ने योजना परिवर्तन गर्नुभएको छ भने यहाँ एउटा तरिका छ । जसमा तपाईंले अपग्रेड तथा अपडेट गरिएका उत्पादनहरू रोज्न सक्नुहुन्छ।

सफ्टवेयर अपडेट गर्न सजिलो छ ?

ग्याजेटको उमेरमा सफ्टवेयरको भूमिका महत्त्वपूर्ण हुन्छ । जब कम्पनीले सफ्टवेयर अपडेट उपलब्ध गराउन बन्द गर्दछ, त्यससँगै तपाईंको डिभाइसमा समस्या आउने अपेक्षा गर्न सक्नुहुन्छ । उदाहरणका लागि एपले सही ढंगबाट काम नगर्न सक्छ ।

यस सवालमा आईफोन एण्ड्रोइडभन्दा अगाडि छ । जब एप्पल आईफोनको लागि कुनै नयाँ अपरेटिङ सिस्टम रिलिज गर्दछ, सामान्यतया त्यो पाँच बर्ष पुरानो फोनमा पनि सपोर्ट गर्ने किसिमको हुन्छ ।

यसको मतलब यो हो कि यदि तपाईंले आईफोन किन्नु भयो भने भविष्यमा पनि नयाँ सुविधाहरु र डिभाइसको स्थिरता प्राप्त गर्न सक्नुहुनेछ । 

के यसले तपाईंको समस्यामा सहजीकरण गर्न सक्छ ?

धेरै स्मार्ट होम ग्याजेटहरूले धेरै सुविधाहरू दिइरहेका हुन्छन् । उदाहरणको लागि दूध सकिँदा फ्रिजले तपाईंलाई अलर्ट पठाउन सक्छ । तर याद गर्नुहोस्, स्मार्ट उत्पादनहरूले सहयोगभन्दा बढी समस्या पैदा गरिरहेका हुन्छन् ।

स्वचालित रूपमा संचालित रद्दी टोकरीलाई ब्याट्री चाहिन्छ । यसका अन्य भागहरू पनि बिग्रिरहेका हुन्छन् । त्यसैले तपाईंको आवश्यकता अनुसारका चाहिने चिज मात्र खरीद गर्नुहोस् । कहिलेकाँही हल्का उत्पादनहरूले पनि राम्रैसँग काम गरिरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस