नेपालमा कोरोनाबाट मृत्यु भएका ४३ मध्ये ३४ अन्य रोगका बिरामी

खबरशाला संवाददाता  |  श्रावण ०, २०७७

काठमाडौं, ८ साउन । नेपालमा कोरोनाबाट मृत्यु भएका ४३ जना मध्ये ३४ जना अन्य रोगबाट पनि पहिल्यैदेखि ग्रसित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

कोरोना बाहेक अन्य स्वास्थ्य समस्या नभएरै मृत्युवरण गर्नेको संख्या ९ रहेको छ । साउन ८ गते अपरान्हसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । कोरोना पोजेटिभ देखिएका ९ जनामा कुनै रोग नभएको पुष्टि भएको छ ।

उनीहरुको मृत्यु कोरोना संक्रमणबाटै भएको पाइएको छ । साउन ८ गतेसम्म कोरोनाबाट मृत्यु भएका मध्ये ३ बालबालिका ११ जना ६० बर्ष माथिका ६ महिला र २० देखि ५९ बर्ष समुहका अन्य २३ छन् ।

३१ जनामा कोरोना बाहेक दम, क्षयरोग, मृगौला रोग, मधुमेह, क्यान्सर, मुटु रोग लागायतका समस्या थियो । मृत्यु भएका २ बालक र १ बालिका मध्ये १ जनामा मृगौला रोग १ जना निमोनियाको समस्या रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कोरोनाबाट मृत्यु सबै भन्दा बढी प्रदेश न ५ र बागमती प्रदेशमा भएको छ । प्रदेश न ५ मा १० जना र बागमती प्रदेशमा ९ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा २ बर्षीया बालिकादेखि ८५ वषीर्य बृद्धसम्म छन् ।

कोरोनाबाट मृत्यु हुने ४३ जना मध्ये अधिकांशको अन्य स्वास्थ्य समस्या पनि रहेको देखिएको छ । मृत्यु हुनेहरुको ट्राभल हिस्ट्री ८० प्रतिशतको भारत रहेको छ ।

मृत्यु भएका ४३ जना मध्ये ६ जना महिला १ बालिका २ बालक ११ जना ६० बर्ष काटेका र २३ जना २० बर्ष देखि ५९ उमेर समुहका छन् ।

कोरोनाबाट मृत्यु भएकाहरुको संक्रमण स्रोत अन्य रोग लगायतका बिषयमा स्वास्थ्य मन्त्रालयले बिस्तृत अध्ययन गर्ने गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस