आइतबार दाङका थप तीनजनामा कोरोना पुष्टि

श्रावण ०४, २०७७

दाङ-दाङका तीन जनामा आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर जाँचमा लमही नगरपालिकाका तीन जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

संक्रमित हुनेहरुमा लमही १ का ६३ बर्षिय पुरुष, वडा नम्बर ५ का ३३ बर्षका पुरुष र वडा नम्बर ७ का २१ बर्षिय पुरुष रहेका छन्।

यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ६ सय ४३ पुगेको छ। यसैविच भेरी अस्पतालमै गरिएको परिक्षण रोल्पाका ४ जनामा कोरोना देखिएको छ।

सुनिल स्मृती गाउँपालिका वडा नम्बर ३ का १३ र २३ बर्षका पुरुष रहेका छन्। त्यस्तै सोही गाउँपालिकाकै वडा नम्बर ८ का २० र ३६ बर्षमा पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।

उता सल्यानको शारदा नगरपालिका २४ र ३९ वर्षका दुई पुरुषमा पनि कोरोना देखिएको अस्पतालले जनाएको छ।

साथै कोहलपुर नगरपालिका २ का ३९ बर्षका एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ। अस्पतालमा वितेको २४ घण्टामा ३ सय जनाको पिसिआर जाँच गर्दा १० जनामा कोरोना संक्रमण देखिएको हो।

प्रतिक्रिया दिनुहोस