कुवामा डुबेर युवाकाे मृत्यु

असार १६, २०७७


दाङ, १६ असार– दाङमा कुवामा डुबेर आज एकजनाको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका ६ डाँडातिलवारीस्थित साथीको घरमा आएका रामारोशन गाउँपालिका ३ का २६ बर्षीय सुरज शाहको कुवामा डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।


सोमबार बेलुका साथी बिश्वराज आचार्यसँग मादकपदार्थ सेवन गरी सुतेका शाह मंगलबार विहान घर अगाडिको १५ मिटर गहिरो कुवामा मृत भेटिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले बताउनुभयो ।

शाह आइतबार आचार्यको घर आएको थाहा भएको र घटनाबारे थप अनुसन्धान भैरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस