तुलसीपुरका एक वडाध्यक्षमा कोरोना पुष्टि

असार १६, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका एक वडाध्यक्षमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गरिएको स्वाब संकलनमा ५८ वर्षिय वडाध्यक्षमा कोरोना पोजेटिभ देखिएको हो ।


उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले खवर लगत्तै वडा कार्यालय सिल गरिएको बताए । उनले संसर्गमा आएकाहरुको स्वाव संकलनको काम समेत अगाडि वढेको वताए ।

संक्रमित वडाध्यक्षले आफुलाई कुनै पनि लक्षण नदेखिएको र स्वस्थ रहेको जानकारी दिएका छन् । तुलसीपुरमा जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस