तीन दिनसम्म वर्षासँगै चट्याङ, बाढी र पहिरो जाने माैसम अनुमान

असार १४, २०७७

आगामी तीनमा देशभर वर्षा र चट्याङ पर्ने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सावधान हुन सचेत गराएको छ। 

विभागले देशभर मौसम परिवर्तन भई सामान्य वर्ष हुनुका साथै प्रदेश नम्बर एक,दुई, बाग्मती प्रदेश, गण्डकी र प्रदेश पाचँमा भारी वर्ष हुने बताएको छ।

‘देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेश का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको  सम्भावना  रहेको छ। तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ’ विभागको विज्ञप्तिमा भनिएको छ।

विभागले गरेको तीनदिनको मौसम पूर्वानुमान अनुसार मंगलबार देशभर सामान्य बदली रहि सातै  प्रदेशका सबै स्थानमा मेघगर्जन चट्याङसहित हलकादेखि मध्यम वर्ष हुने र प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा भारी वर्षा हुने छ।

त्यस्तै मंगलबारपनि देशभर समान्य वर्षदेखि प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार १४ गते (आइतबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १,  प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५का एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

 रातीः  देशको सबै प्रदेशहरुमा  सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेश का एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

 असार १५ गते (सोमबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १ , प्रदेश २ तथा बाग्मती प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

रातीः  देशको सबै प्रदेशहरुमा  सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम  प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

असार १६ गते (मंगलबार)

दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

रातीः  देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १  प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका  का एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  

देशभर धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेश का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको समेत संभावना  रहेको छ। तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया दिनुहोस