तुलसीपुरमा “शुन्य मोतिविन्दु” अभियानको निरन्तरता

असार १३, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले उज्यालो तुलसीपुर अन्तर्गत शुन्य मोतिविन्दु अभियानलाई आगामी वर्षका लागि पनि निरन्तरता दिने भएको छ । राप्ती आँखा अस्पतालको सहकार्यमा उपमहानगरपालिकाले शुन्य मोतिविन्दु अभियानलाई अगाडि वढाउँदै आएको थियो ।


अभियान अन्तर्गत अहिलेसम्म उपमहानगरपालिका भित्रमा १ सय २२ जनाको निशुल्क मोतिविन्दुको अप्रेशन भइसकेको नगर प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिए । उनले अप्रेसन शुल्क अस्पताल र उपमहानगरपालिकाले संयुक्त रुपमा व्यहोर्ने गरेको पनि जानकारी दिए ।

आगामी दुइ वर्ष भित्र तुलसीपुरलाई शुन्य मोतिविन्दु नगर बनाउनका लागि उपमहानगरपालिकाले यो वर्ष १० लाख रुपैया विनियोजन समेत गरेको प्रवक्ता डाँगीले वताए ।

प्रतिक्रिया दिनुहोस