काेराेनामा बेसारकाे चर्चा किन?

असार ०६, २०७७

कोरोना भाइरस महामारीको रूपमा फैलिरहँदा नेपालमा बेसारले खुबै चर्चा पाएको छ। संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्माले ओलीले नै बेसारको माहात्म्य लगाए।

उनले बेसार खाउँ, भाइरस भगाउँ’ भन्ने जस्ता तर्क अघि सारिसरे। तर यसले भाइरस भगाउने कुनै वैज्ञानिक र तथ्यगत कारण छैन।

के हो बेसार?

हरेक घरको भान्सामा हुन्छ बेसार। यो दैनिक दाल तरकारीमा प्रयोग आउँछ। मसलाको रूपमा खाइने बेसार पहेँलो रंगको हुन्छ। बेसारलाई हरिद्रा, काञ्चनी, पीत्तका, हलेदो नामले पनि चिनिन्छ। बेसारको स्वाद तीतो पिरो हुन्छ। यो गर्मी प्रकृतिको जडीबुटी पनि हो।

आयुर्वेदिक चिकित्सकका अनुसार बेसारको नियमित सेवनले शरीरमा भएका विकारवस्तुमा कमी आउँछ भने वात, पित्त तथा कफलाई केही हदसम्म रोक्न मद्दत गर्छ। बेसारको नियमित सेवनले छालासम्बन्धी रोग नियन्त्रण गर्नुका साथै रगतमा भएका विकार तत्व बाहिर फाल्ने काम गर्छ।

बेसारको वैज्ञानिक नाम करक्युमा लोङ्गा हो।

आयुर्वेदिक चिकित्सकका अनुसार बेसारको नियमित सेवनले शरीरमा भएका विकारवस्तुमा कमी आउँछ भने वात, पित्त तथा कफलाई केही हदसम्म रोक्न मद्दत गर्छ। बेसारको नियमित सेवनले छालासम्बन्धी रोग नियन्त्रण गर्नुका साथै रगतमा भएका विकार तत्व बाहिर फाल्ने काम गर्छ।

‘बेसार रोग निको पार्ने औषधीको रूपमा नभई शरीर स्वस्थ राख्न प्रयोग गरिन्छ। केही हदसम्म रोग प्रतिरोधात्मक क्षमता बढाउँछ,’ आयुर्वेद डाक्टर बद्री गौतम भन्छन्, ‘बेसार सेवनले कुनै पनि भाइरस तथा जीवाणु मार्दैन, नियमित सेवन गरे सामान्य किसिमका रुघाखोकीजस्ता भाइरस नियन्त्रण गर्न मदत गर्छ।’

उनका अनुसार बेसारको नियमित प्रयोग गर्र्दा छालासम्बन्धी रोगमा कमी आउने स्वप्नदोष, शीघ्र वीर्य स्खलन रोक्ने तथा नसा च्यापिने, खिइने, फुल्ने र हाडजोर्नी बांगिने रोगलाई केही हदसम्म नियन्त्रण गर्दछ।

बेसारमा हुने ‘कुरकुमिन’ नामक जैविक रसायनका कारण यो पहेँलो देखिन्छ। यस रसायनमा विभिन्न औषधीय तत्व पाइन्छ। पौष्टिक तत्वहरूको रूपमा बेसारमा भिटामिन पनि पाइन्छ।

बेसारले कफपित्त, रुघाखोकी, आँखामा हुने फ्लुलाई कम गर्ने भए पनि कोरोना भाइरसलाई निको पार्न नसक्ने डा. गौतम बताउँछन्।

‘बेसार तातोपानी सेवनले कोरोना भाइरसलाई जित्न सकिँदैन यसले सामान्य प्रकृतिका भाइरसमात्रै नियन्त्रण गर्न सक्छ,’ डा. गौतम भन्छन्।

तातोपानीको नियमित सेवनले कोरोना भाइरसलार्ई जित्न नसके पनि सामान्य फ्लुलाई नियन्त्रणमा लिई रोग प्रतिरोधात्मक क्षमता बढाउन मदत गर्ने उनको भनाइ छ।

कोरोना भाइरसको महामारीमा आफूलाई सुरक्षित र स्वस्थ राख्न भने तातोपानी र बेसार सेवनले कुनै हानी नहुने गौतमको दाबी छ।

‘मुखबाट भित्र पसेका भाइरसका जीवाणु श्वासनली वरिपरि रहने र विस्तारै फोक्सोका साथै शरीरका अन्य भागमा पुग्ने गर्छ, तातोपानीको सेवन गर्दा श्वासनलीमा जम्मा भएर रहेका जीवाणु पग्लिएर पेटबाट बाहिर आउँछन्,’ गौतम भन्छन्, ‘जीवाणु मार्नका लागि पनि तातोपानी स्वास्थ्यको दृष्टिकोणले फाइदाजनक छ।’

बेसारमा हुने ‘कुरकुमिन’ नामक जैविक रसायनका कारण यो पहेँलो देखिन्छ। यस रसायनमा विभिन्न औषधीय तत्व पाइन्छ। पौष्टिक तत्वहरूको रूपमा बेसारमा भिटामिन पनि पाइन्छ।

मसलाको समूहमा अग्रपंक्तिमा आउने बेसार भान्सामा लसुन र प्याजका अतिरिक्त सधैं उपयोग भइरहने सामग्री हो।

आयुर्वेदिक औषधीमध्ये रोग प्रतिरोधात्मक क्षमता बढाउनेमा सबैभन्दा राम्रो अश्वगन्धा रहेको डा. गौतम बताउँछन्।

आयुर्वेदिक औषधी बनाउन प्रयोग गरिने बेसारको नगदेबाली पनि हो। यसको नेपालका जुनसुकै भूभागमा पनि खेती गरिन्छ।

प्रतिक्रिया दिनुहोस