नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ९०पुग्याे

जेठ १४, २०७७

थप ६ जनामा कोरोना देखिएको छ । बाग्लुङका बडिगाड र तमानखोलाका वासिन्दा रहेका उनीहरूमा मंगलबार संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी गौलौचन सैंजूले बताए ।

अहिले संक्रमितहरूलाई बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा ल्याइँदैछ।

संक्रमित हुने सबै जना भारतबाट आएको पाइएको छ । उनीहरू भारतबाट आउनेबित्तिकै सम्बन्धित पालिकाहरूको क्वारेन्टिनमा बसेका थिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ९० पुगेको छ। भने अहिलेसम्म संक्रमणबाट निको हुनेको संख्या १ सय ७६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस