विश्वका ५ देश जहाँ कोरोना संक्रमित र मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै

जेठ १४, २०७७

चिनको उहानबाट सुरु भएको कोविड १९ को महामारी संसारका २१८ देशमा फैलिसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वका झण्डै ५७ लाख मानिसहरु संक्रमित भइसकेका छन् भने ३ लाख ५० हजारभन्दा बढिको ज्यान गइसकेको छ ।
हालसम्मकै उच्च संक्रमण भएको मुलुक अमेरीका छ । जहाँ संक्रमितको संख्या १७ लाख नाघि सकेको छ । अमेरीकापछि धेरै संक्रमित भएको मुलुक ब्राजिल छ । जहाँ ३ लाख ९४ हजार मानिसहरु संक्रमित भएका छन् । तेस्रो धेरै संक्रमित मुलुक रसिया हो । जहाँ ३ लाख ६२ हजार मानिसहरु संक्रमित भएको पुष्टि भइसकेको छ । त्यसैगरि चौथो धेरै संक्रमित मुलुक स्पेन रहेको छ । जहाँ २ लाख ८३ हजार संक्रमितको संख्या छ । भने पाँचौ स्थानमा बेलायत छ । जहाँ २ लाख ६५ हजार मानिसहरु संक्रमित भएका छन् । भारत १० औं स्थानमा छ भने चिन १४ औं स्थानमा झरेको छ ।

संक्रमितको संख्या बढेसँगै मृत्यु संख्यापनि बढिरहेको छ । हालसम्म धेरै जनाको मृत्यु अमेरीकामा भएको छ जहाँ १ लाखभन्दा बढिले ज्यान गुमाइ सकेका छन् । दोस्रो स्थानमा बेलायत छ जहाँ ३७ हजारबढिको मृत्यु भएको छ । तेस्रो स्थानमा इटाली छ जहाँ ३२ हजारले ज्यान गुमाएका छन् । चौथो स्थानमा फ्रान्स छ जहाँ २८ हजारभन्दा बढिको मृत्यु भइसकेको छ । र पाँचौं स्थानमा स्पने छ जहाँ २७ हजारबढिले ज्यान गुमाइ सकेका छन् ।
एसिया महादेशमा सबै भन्दा बढि संक्रमण टर्कीमा फैलिएको छ जहाँ १ लाख ५८ हजार भन्दा बढि संक्रमित भइसकेका छन् । त्यसैगरि दोस्रो स्थानमा भारत छ जहाँ १ लाख ५१ हजारभन्दा बढि मानिस संक्रमित भएका छन् । तेस्रोमा इरान छ जहाँ १ लाख ३९ हजारबढि व्यक्ति संक्रमित भएका छन् । दुई महिना अघि विश्वकै धेरै कोरोना संक्रमितको संख्या चिनमा थियो । अहिले एसिया महादेशमा चिन चौथो स्थानमा छ । जहाँ संक्रमितको संख्या ८२ हजार छ । र पाचौं धेरै संक्रमित भएको मुलुक साउदी अरब छ जहाँ संक्रमितको संख्या ७६ हजार नाघि सकेको छ ।
एसियामा धेरै मृत्यु इरानमा भएको छ । मृत्यु हुनेको संख्या ७ हजार ५ सय नाघेको छ । दोस्रो स्थानमा चिन छ जहाँ मृत्यु हुनेको संख्या ४ हजार ६ सय नाघेको छ । तेस्रो स्थानमा टर्की जहाँ ४ हजार ३ सय नाघेको छ भने चौथो स्थानमा भारत र पाँचौं स्थानमा इण्डोनेसिया छ ।

विश्व कोरोना ग्राफलाई हेर्ने हो भने संक्रमण उकालो लागेको लागेइ छ । संक्रमणसंगै मृत्युपनि बढि रहेको छ ।

प्रतिक्रिया दिनुहोस