नेपालमा कोरोना संक्रमणबाट तेस्राे व्यक्तिकाे मृत्यु

जेठ ०७, २०७७  |  ४६१ पटक पढिएको

तुलसीपुर ।  गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। रूपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा उपचारक क्रममा उनको मृत्यु भएको हो। भेन्टिलेटरमा उपचार भइरहेको उनको बुधबार बिहान मृत्यु भएको स्रोतको भनाइ छ। यद्यपि यसको औपचारिक घोषणा भने गरिएको छैन।

मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ वर्षे पुरुष हुन् ।

शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँच गरेपछि रूपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा उपचारत थिए।

उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण उनलाई मंगलबार बुटवलको विशेष कोरोना अस्पताल सार्न सकिएको थिएन। उनलाई काेराेना स‍ंक्रमण पुष्टि भएपछि क्रिमसन अस्पताल सिल गरिएकाे थियाे।

याे सहित नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे सं‌ख्या तीन पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस