३ जना संक्रमित थपिए कोरोना अस्पताल बेलझुण्डीमा

जेठ ०४, २०७७

तुलसीपुर । बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा ३ जना कोरोना संक्रमित  पुष्टि भएका  थपिएका छन् । १३ जनाको उपचार भइरहेको अस्पतालमा कपिलवस्तुका ३ संक्रमित थपिएपछि १६ जना पुगेको अस्पतालका हेल्थ असिस्टेन्ट द्रोण वलीले जानकारी दिए ।

अस्पतालमा रहेका सबैको अबस्था सामान्य रहेको पनि उनले जानकारी दिए । अस्पतालमा यो भन्दा अगाडी कोरोना भाइरसको संक्रमण पुष्टि भएका दाङ्गको गढवाका २ जना, बाँकेको नरैनापुरका ८ जना र कपिलवस्तुका ३ जना गरी १३ जनाको उपचार हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस