सेवामुलक भएर सेवा दिनुस् : अध्यक्ष बाँस्कोटा

बैशाख १५, २०७७

बैशाख १५ । नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रिय अध्यक्ष शिवराज बास्कोटाले कोरोना भाईरस कोभिड १९ को सन्त्रासपूर्ण बातावरणमा आफू पनि बाचौ र अरुलाई पनि बचाऔ भन्ने सन्देश दिदै सुरक्षित भएर सेवा दिन सम्पूर्ण औषधि थोक व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
नेपाल औषधि थोक व्यवसायी संघ ५ न. प्रादेशिक समिति दाङका अध्यक्ष शालिकराम आचार्यको अध्यक्षतामा सम्पन्न डिजिटल सम्वादमा अतिथि वक्ताको रुपमा बोल्दै केन्द्रिय अध्यक्ष बाँस्कोटाले औषधि व्यवसाय नाफामुलक मात्र नभई सेवामुलक पनि भएकोले अहिलेको विषम परिस्तिथिमा सम्पूर्ण थोक व्यवसायीहरु एकजुट भएर औषधिको सहज आपूर्ति र व्यवस्थापनमा लाग्नु पर्नेमा जोड दिए ।
             औषधि व्यवसायी सुरक्षित हुनुपर्छ साथै सबैको सम्मान पनि हुनुपर्छ भन्ने सोच लिएर अगाडि बढेको विशुद्ध औषधि थोक व्यवसायीहरुको संस्थाको उद्देश्यलाई साकार पार्नको लागि सम्पूर्ण थोक व्यवसायीहरु एकजुट भएर समान नीति र स्वस्थ प्रतिस्पर्धा गरेर अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता भएको उनको धारणा थियो ।
     डिजिटल सम्वादमा सहभागी भएका सबै सदस्यहरुले प्रबिधीको उच्चतम प्रयोग गर्दै यस्तो विषम परिस्थितिमा पनि केन्द्रिय अध्यक्ष लगायत सहभागि सदस्यहरु बिच विचार आदान प्रदान गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए। डिजिटल सम्वादको सहजिकरण संघका महासचिव तुफानबाबु श्रेष्ठले गरेका  थिए । 

प्रतिक्रिया दिनुहोस