राप्ती लाइफ केयरको ओपिडी सेवा पुनः सुरु

बैशाख १४, २०७७

 

तुलसीपुर, १४ वैशाख ।

दाङको तुलसीपुर स्थित राप्ती लाइफ केयर हस्पिटलले कोरोना भाइरसका कारण केही दिन बन्द रहेको ओपिडी सेवा पुनः सूचारु गरेको छ ।  विज्ञप्ति जारी गरि सोमवारदेखि नियमित ओपिडी सेवा सूचारु भएको जानकारी दिएको हो ।

कोरोना भाइरसको जोखिम र त्यसको प्रभावलाई कम गर्ने उद्देश्यले सरकारले लकडाउन गरेपछि चैत ११ गतेदेखि ओपिडी सेवा बन्द गरिएको सोमबार अस्पताल निर्देशक तथा प्रवक्ता जीवन भण्डारी बिज्ञप्ति जारी गरि जानकारी दिए । उनका अनुसार कोरोना भाइरसका कारणले ओपिडी सेवा बन्द भएपनि आपतकालिन सेवा भने नियमित दिदै सञ्चालन हुँदै आएको थियो । अब साविककै समयमा ओपिडी सेवा पनि सञ्चालन हुनेछ ।

हस्पिटलले लकडाउनको समयमा दैनिकी चलाउन समस्या भएका परिवारलाई समेत सहज होस्, भनी दाङका चारवटा स्थानीय तहमा राहत सामग्री समेत सहयोग गरेको थियो ।

तुलसीपुर उपमहानगरपालिकासहित दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा राहत सामग्री सहयाग गरेको थियो । मुलुकलाई समस्या परेको अबस्थामा नियमित स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको हस्पिटलले जनताको भोगमा पनि सारथी बनेको थियो । साथै हस्पिटलले कोरोना भाइरस(कोभिड–१९) को सचेतना अभियानलाई भने जारी राखेको छ । प्रवक्ता भण्डारीले अतिआवश्यक काम बाहेक अन्य समयमा घर बाहिर ननिस्किन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस