कोरोना कहरबीच कसरी स्वस्थ रहने ?

हाम्राे स्वास्थ्य

बैशाख ०, २०७७

 

कोरोनाको कहरले लामो समय सबैलाई घरभित्रै रहन बाध्य बनाएको छ । यससँगै दैनिकीमा पनि ठूलै परिवर्तन ल्याएको छ । अफिस, स्कुल, व्यापार सबै ठप्प भएको कारण एउटा रुटिनमा चलेको जीवनमा ब्रेक लागेको छ । शारीरिक तथा मानसिक रूपमा सक्रिय नभइने भएकाले रोगव्याधीले सताउन सक्छ । यस्तो अवस्थामा स्वस्थ रहन यी तरिका अपनाउन सकिन्छ :

पौष्टिक आहारको सेवन

लकडाउनको अवधि घरबाहिर निस्कन मिल्ने वातावरण हुँदैन । जे जति क्रियाकलाप हुन्छन्, ती सबै घरभित्र नै सीमित हुन्छ । अधिकांशको समय खाने र सुत्नेमै बित्ने गर्छ । यसैबीच, विभिन्न प्रकारका खाना बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्ति बढेको छ । अत्यधिक मसलेदार, चिल्लो–पिरो खानाले स्वास्थ्यमा राम्रो प्रभाव पार्दैन । यसर्थ, सकेसम्म खानामा सन्तुलन मिलाउने र पौष्टिक आहारको सेवन गर्नु उचित हुन्छ ।

लकडाउनको समयमा घरमै शारीरिक अभ्यास गर्न सकिन्छ । सकेसम्म बिहान केही घन्टा दौडने, साइकल चलाउने तथा हिँडडुल गर्नुपर्छ । साथै, घरायसी काम गरेमा पनि शरीरमा सकारात्मक ऊर्जा पैदा हुन्छ ।

शारीरिक अभ्यास 

लकडाउनको समय दैनिकी अस्तव्यस्त हुने गर्छ । रुटिनमा रहने जिम तथा वर्कआउटको स्थान आलस्यताले लिन सक्छ । जिम तथा व्यायाम केन्द्र बन्द छन् । यद्यपि, घरमै रहेर पनि साधारण अभ्यास गर्न सकिन्छ । खाने, बस्ने मात्र हुँदा मोटाउने कारण शरीर भद्दा हुन्छ । बिहानको केही घन्टा दौडने, साइकल चलाउने तथा हिँडडुल गर्न सकिन्छ । त्यस्तै, घरायसी कामकाजमा संलग्न रहँदा शरीरलाई सकारात्मक ऊर्जा पैदा गर्छ ।

निद्रामा सन्तुलन

कार्यालय, स्कुल, कलेज जान नपर्ने र राति अबेरसम्म सामाजिक सञ्जालमा बस्ने कारण आजकल बिहानको समय प्रायः सबैको ढिला उठाइ हुन्छ । यद्यपि, यो बानीलाई भने समयतालिका परिवर्तन गर्न सकिन्छ । निर्धारित समयमै सुत्ने र उठ्ने गरेमा मानसिक तथा शारीरक दुवै तरिकाले फाइदाजनक हुन्छ । युवा अवस्थामा औसतमा पनि ७ देखि ८ घन्टा निन्द्रा पु¥याउनुपर्छ । ढिलो सुताइ र उठाइले मुटु, डायबेटिज, ह्यामरेज तथा गम्भीर स्वास्थ समस्या आउन सक्छन् ।

तनाव व्यवस्थापन 

कोरोनाको कहर र अस्तव्यस्त दैनिकी र लामो समय घरभित्रै रहँदा तनाव र मुडमा तालमेल रहँदैन । यस्तो समयमा, फ्रेस हुनका लागि नजिकका साथीभाइसँग गफ गर्ने, योग गर्ने तथा अनलाइन थेरापी लिन सकिन्छ । त्यस्तै, सिर्जनात्मक कार्यमा पनि व्यस्त रहन सकिन्छ।

प्रतिक्रिया दिनुहोस