कोरोना अपडेट : संक्रमितको संख्या सबैभन्दा बढी अमेरिकामा

खबरशाला संवाददाता

बैशाख ०१, २०७७

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या २२ हजार  नाघेको छ।

नेपाली समय अनुसार सोमबार बिहान ७ बजेसम्म अमेरिकामा मुत्यु हुनेको संख्या २२ हजार १ सय ५ पुगेको छ।

२४ घन्टामा विश्वमा ५ हजारभन्दा बढी मानिसले ज्यान गुमाएरका छन् भने अमेरिकमा २४ घन्टामा ज्यान गुमाउनेको संख्या १ हजार ५ सयभन्दा बढी रहेका छन्।

त्यस्तै इटालीमा ज्यान गुमाउनेको संख्या १९ हजार ८ सय ९९ पुगेको छ। स्पेनमा मृतकको संख्या  १४ हजार ३ सय ९३ पुगेको छ। फ्रान्समा १४ हजार ३ सय ९३ जनाको मुत्यु भइसकेको छ। युकेमा मृतकको संख्या १० हजार ६ सय १२ पुगेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर १ लाख १४ हजार १ सय १ जनाको मृत्यु भइसकेको छ।

विश्वमा संक्रमितको संख्या १८ लाख ४६ हजार ९ सय ६३ पुगेको छ।

अमेरिकामा सबै भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।  अमेरिकामा २४ घन्टामा २७ हजारभन्दा बढी संक्रमित भेटिएका छन्। योसँगै अमेरिकामा संक्रमितको संख्या ५ लाख ५५ हजार ३ सय ९८ पुगेको छ।

स्पेनमा१ लाख ६६ हजार ८ सय ३१ जना मानिस संक्रमित भएका छन्। इटालीमा संक्रमितको संख्या  १ लाख ५६ हजार ३ सय ६३ पुगेको छ। फ्रान्समा १ लाख ३३ हजार ६ सय ७० जना संक्रमित भएका छन्। जर्मनीमा १ लाख २७ हजार ८ सय ५४ जना मानिस संक्रमित भएका छन्।

विश्वभर उपचारपछि निको भएर घर फर्किनेको संख्या ४ लाख २३ हजार ३ सय ११ पुगेको छ।

कहाँ कति निको भए? 
चीनमा ७७ हजार ५ सय ७५ मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।

स्पेनमा ६२ हजार ३ सय ९१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

जर्मनीमा निको भएर घर फर्किनेको संख्या ६० हजार ३ सय पुगेको छ।

इरानमा ३४ हजार ८ सय ९४ जना मानिस उपचारपछि घर फर्किसकेका छन्।

इटालीमा ३४ हजार २ सय ११ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

अमेरिकामा ३२ हजार ६ सय ३४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

फ्रान्समा २७ हजार १ सय ८६ जना उपचारपछि निको भएर घर फर्किसकका छन्।

स्विजरल्याण्डमा  उपचारपछि निको भएर घर फर्किनेको संख्या १२ हजार ७ सय पुगेको छ।

क्यानाडामा ७ हजार १ सय ७२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

अष्ट्रियमा ६ हजार ९ सय ८७ जना निको भएर घर फर्किसकेका छन्।

बेल्जियममा उपचारपछि निको भएर घर फर्किनेको संख्या ६ हजार ४ सय ६३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस