दाङका सबैको कोरोना रिपोर्ट “नेगेटिभ”

चैत १७, २०७६

तुलसीपुर । दाङका कोरानाको आशंका गरिएका पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो पटक चैत ६ गते कुवेतबाट काठमाडौंकी कोरोना संक्रमित युवतीसँग आएकी दाङकी एक युवतीको रिपोर्ट नेगेटिभ आएसँगै नेगेटिभ रिपोर्ट आउने पाँच जना पुगको हुन् ।
कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचाररतः थप एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको छ । कोरोना विशेष अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माका अनुसार नेगेटिभ रिपोर्ट आएका पाँचै जनालाई अस्पतालले डिस्चार्जको तयारी गरिरहेको छ । उनले डिस्चार्ज गरिएपनि निगरानीमा राखिने समेत जानकारी दिए ।
वेलझुण्डी कोरोना विशेष अस्पतालको आइसोलेसनमा ११ जना वस्दै आएको पनि डा. शर्माले वताए ।

प्रतिक्रिया दिनुहोस