डा. किशोर खत्रीको अभिभावकलाई १२ टिप्स बालबालिकासँग खेल्नुहोस्, रमाउनुहोस्

डाक्टरको सुझाब

चैत १७, २०७६

डा. किशोर खत्री, बालरोग विशेषज्ञ हुन् । तुलसीपुरमा वालरोग सम्वन्धि तुलसी हस्पिटल सञ्चालन गरेका खत्रीले कोरोना भाइरस संक्रमणको प्रकोपका कारण होम क्वारेन्टाइनमा वसिरहेका बालबालिकाहरुलाई अभिभावकले कस्तो व्यवहार गर्ने भन्ने वारेमा विभिन्न सुझाव दिएका छन् ।


१. घरमै वस्ने
बालबालिकाहरुलाई कोरोना भाइरसबाट कसरी सजग हुने भन्ने वारेमा धेरै जानकारी नहुने भएकाले घरमै राम्रोसँग राख्नुपर्दछ । अन्य वेलामा जस्तो साथीहरुसँग हिमचिम गर्ने र खुला ठाउँमा खेल्न जाने कामलाई वन्द गरिदिनु पर्दछ । उनीहरु स्वभावैले चकचके र एकै ठाउँमा निरन्तर वस्न नसक्ने भएकाले आमाबुबाले यस्तो वेलामा विशेष ख्याल गर्नुपर्दछ ।

२.भाइरसका वारेमा वालवालिकासँग कुरा गर्ने ः
अधिकांश वालवालिकाहरुलाई अहिले पनि कोरोना भाइसरका वारेमा मुर्त जानकारी छैन । यसले गर्दा पनि उनीहरुमा यसका वारेमा धेरै डर र त्रास देखिन्छ । प्रत्येक अभिभावकले किन विद्यालय वन्द भएको छ ? किन घरमै वस्नुपर्दछ ? भन्ने प्रश्नको जवाफ उनीहरुले वुझ्ने गरी भनिदिनुपर्दछ । उनीहरुलाई मास्क र पञ्जा नियमित लगाउने र सावुन पानीले हात धुने वानी वसाल्नुपर्दछ । कसरी स्वस्थ रहने भनेर जानकारी दिनुका साथै उनीहरुलाई मन पर्ने तरिकाले विभिन्न उपयोगी कुराहरु सिकाउनुपर्दछ ।

३. विद्यालयमा जस्तै समय तालिका वनाइदिने
विद्यार्थीहरु घरमा वसेको भएपनि उनीहरुलाई स्कुलमा जस्तै समयतालिका वनाइदिनुपर्दछ । पढ्ने समय, पिसाव फेर्ने, खाजा खाने,खाना खाने लगायतको समय तालिका वनाइदिनुपर्दछ । समय तालिमा अनुसार उनीहरुलाई व्यवस्थित राखियो भने विद्यालय सञ्चालन भइसकेपछि विद्यालयमा अभ्यस्त हुन गाह्रो पर्दैन ।

४. विभिन्न सृजनात्मक काममा व्यस्त वनाउने
वालवालिकाहरुलाई एकै खालको काम भन्दा पनि विभिन्न फरक फरक खालको काममा सहभागी वनाउनुपर्दछ । खाना पकाउने, लुगा धुने, गार्डेनमा काम गर्ने, घर सरसफाई गर्ने जस्ता काममा सहभागी वनाउँदा उनीहरुले नयाँ काम सिक्नुका साथै रमाउने पनि गर्दछन् । यसका साथै विभिन्न कथाका कितावहरु पनि पढ्ने वानी वसाल्नुपर्दछ ।

५. पारिवारीक रुपमा खेल्ने
बालबालिकाहरुलाई मोवाईमा मात्रै केन्द्रीत गर्नुभन्दा पनि उमेर अनुसार परिवारमा सबै मिलेर लुडो,क्यारमवोर्ड, चेस, लुकामारी जस्ता खेलहरु खेल्ने । अभिभावकसँग खेल खेल्दा वालवालिकाहरु निकै रमाउने गर्दछन् ।

६. घरबाट संसार हेर्ने
वालवालिकाहरुलाई विभिन्न कार्टुन या सिनेमा मात्रै भन्दा पनि संसारका विकसित देशहरुको भुगोल सम्वन्धि कुराका साथै कला र त्यहाँको सँस्कृति सम्वन्धि विषयका वारेमा टेलिभिजन र युट्युवबाट जानकारी दिने । आजको दुनियाँमा घरबाटै संसार देखाउनु सकिन्छ ।

७. बालबालिकासँगै वसेर सिनेमा हेर्ने
बालबालिकासँगै वसेर अभिभावकले विभिन्न पुराना खालका सिनेमाका साथै विभिन्न विषयमा निर्माण भएका वृत्तचित्रहरु हेर्नुपर्दछ ।

८. व्यायाम गर्ने
वालावालिकाहरुलाई योगा, ध्यान र विभिन्न खालका व्यायाम सिकाउनु पर्दछ । यसले उनीहरुको समय व्यतित हुनुका साथै शारिरीक र मानसिक रुपले समेत स्वस्थ वनाउने गर्दछ ।

९. घरभित्रै पिकनिक
वालवालिकाहरु घरमा वस्दा दिक्क भएका हुन्छन् । उनीहरुलाई फरक खालको अनुभुति दिलाउनका लागि घरभित्रै पिकनिकको अनुभुति दिलाउनुपर्दछ । आँगन या छतमा अन्य दिनभन्दा फरक ढँगले पकाएर पनि उनीहरुलाई नयाँ अनुभुति दिलाउन सकिन्छ ।

१०. साथीसँग सम्पर्क गराउने
वालवालिकाहरु लामो समयसम्म आफुसँग पढेको साथीलाई भेट्न नपाउँदा निकै छटपटी हुन सक्छ । उनीहरुलाई फोन, म्यासेन्जर या भाइवरबाट पनि साथीसँग सम्पर्क गराउनुपर्दछ ।

११. मोवाइलको काम प्रयोग ः
बालबालिकाहरुलाई मोवाईलमा गेम खेल्ने र सामाजिक सञ्जाल प्रयोग गर्ने काम निकै गराउनुपर्दछ । कोभिड १९ का वारेमा उनीहरुलाई धेरै समाचार देखाउनु हुँदैन यस्तो हुँदा उनीहरुलाई डर र त्रास सृजना हुन सक्छ । यस्ता कुरालाई बालबालिकाको मनोविज्ञानमा नकारात्मक प्रभाव पार्नुका साथै विभिन्न खालका रोगहरु समेत लाग्न सक्छन् ।

१२. पोषणयुक्त खाना
बालबालिकाहरुलाई प्रशस्त क्यालोरी पाउने गरी पोषणयुक्त खाना खुवाउनु पर्दछ । वजारमा पाइने खानेकुरा, चकलेट जस्ता कुरा धेरै खुवाउनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस