बजेटमा दाङ : तुलसीपुर स्मार्ट सिटीदेखि विमानस्थलसम्म

खबरशाला संवाददाता  |  जेठ १५, २०७८

तुलसीपुर । सरकारले नयाँ आर्थिक वर्षका लागि अध्यादेश मार्फत बजेट ल्याएकाे छ । विभिन्न लाेकप्रिय कार्यक्रम समेटेकाे सरकारले बजेटमा दाङका विभिन्न याेजना पनि समेटेकाे छ । विशेष गरेर बजेट स्वास्थ्यमा केन्द्रीत रहेकाे देखिन्छ ।

बजेटमा तुलसीपुर स्मार्ट सिटीदेिख नारायणपुर बिमानस्थलसम्मलाई समेटिएकाे छ ।

बजेटमा समेटिएका दाङका योजनाहरु :

१ पड्कापथ, प्रगन्ना सिचाई आयोजना

२ दाङलाई कागती जोन बनाउने

३ नौमुरेको डिपीआर

४ माडी दाङ डाइभर्सनको बिस्तृत प्रतिवेदन

५ राप्ती नदी नियन्त्रण

६ दाङको लक्ष्मीपुरमा औद्योगीक क्षेत्रको सम्भाव्यता

७ दाङको लमहीस्थित अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि बजेट

८. तुलसीपुर स्मार्ट सिटि

९ दाङको नारायणपुर विमानस्थल निर्माण

१० दाङको हेमन्तपुरस्थित रेडियो नेपालको ट्रान्समिटरको क्षमता बृद्धि गर्ने ।

प्रतिक्रिया दिनुहोस