नगरप्रमुख पाण्डेको पहलकदमी, तुलसीपुर स्मार्ट सिटीका लागि १ अरब वजेट

खबरशाला संवाददाता  |  बैशाख ०४, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले निर्वाचित भएदेखि सुरुवात गरेको तुलसीपुर स्मार्ट सिटी परियोजनालाई सरकारले प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षमा १ अरब वजेट विनियोजन गर्ने भएको छ । चैत्र २५ गते वसेको मन्त्री परिषद् बैठकले तत्काल वातावरण मूल्यांकनसहित खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।


तुलसीपुरसँगै देशका १२ वटा शहरहरुलाई सरकारले स्मार्ट सिटी परियोजनामा राखेर १२ अरब वजेट सुनिश्चितता गरेको छ । स्मार्ट सिटीका लागि वातावरण मूल्यांकनसहित खरिद प्रक्रिया अघि बढाउने गरी मन्त्रालयलाई निर्देशनसमेत आइसकेको सहरी विकास मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

तुलसीपुरलाई स्मार्ट सिटी वनाउनका लागि सरकारले २०७४ असार २८ मा निर्णय गरिसकेको थियो । नगरप्रमुख पाण्डेले सरकारको कदमको स्वागत गर्दै स्मार्ट सिटी परियोजना मार्फत तुलसीपुरको मुहार वदलिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस