काठमाडौ। भारतको दुई दिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता सुरु भएको छ ।
नयाँ दिल्लीस्थित हैदराबाद हाउसको निलगिरी हलमा उहाँहरूबिच भेटवार्ता सुरु भएको हो ।
भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे सहभागी छन् । भारतीय पक्षबाट विदेशमन्त्री डा एस जयशङ्करसहित उच्च सरकारी अधिकारी सहभागी रहेका छन् ।
त्यसअघि हैदराबाद हाउसमा प्रधानमन्त्री शाहलाई उनका भारतीय समकक्षी मोदीले स्वागत गरेका थिए ।
यसलगतै नेपाल र भारतबीचको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
यसअघि आजै राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको सम्मानमा भारतीय सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
लोकप्रिय खबर
एकदिनमा कति पटक कफी पिउने ?
दिल्लीमा प्रधानमन्त्री बालेनका २५ घण्टाः प्रमुख पाँच उपलब्धि
विमानमा किन मोबाईल एयरप्लेन मोडमा राखिन्छ
ईभी ब्याट्री व्यवस्थापन: आजको बेवास्ता, भोलिको गम्भीर चुनौती
प्रधानमन्त्री शाह र मोदीबिच उच्चस्तरीय वार्ता सुरु
देउवा समूहको लुम्बिनी प्रदेश अधिवेशन आज, देउखुरीमा हुँदै






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्