२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान निर्धारित समयभन्दा ६ घण्टा बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन।
हालको ताजा अवस्थामा चुनाव सकिन अझै करिब आधा घण्टा लाग्ने जानकारी निर्वाचन आयोगले दिएको छ ।
निर्धारित समयभित्र मतदान प्रक्रिया टुंगिन नसक्दा नेतृत्व चयनको प्रक्रिया लम्बिएको छ। मतदान सम्पन्न भएपछि मतपेटिका संकलन गरी मतगणनाको प्रक्रिया अघि बढाइनेछ।
सभापति पदको मतगणना आजै राष्ट्रिय यभा गृहमा गर्ने जानकारी दिईएको थियो तर मतदानमा भएको ढिलाइका कारण मतगणना सुरु हुने समयसमेत अनिश्चित बनेको छ। मतदान सम्पन्न भएपछि निर्वाचन समितिले आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गर्ने तयारी गरेको छ।
नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान निर्धारित समयभन्दा लामो समयसम्म जारी रहँदा महाधिवेशनको निर्वाचन प्रक्रिया थप लम्बिएको छ।
लोकप्रिय खबर
लोकप्रिय मेयर प्रकाश भण्डारी : कर्णालीबाट केन्द्रीय नेतृत्वको यात्रामा
तीन दशकको अनुभव बोकेको शिखर सुजले युवा लक्षित नयाँ डिजाइन बजारमा ल्यायो
यो वर्ष दशैँ टीकाको साइत बिहान १०:२६ बजे
मन्त्रीपरिषद्को बैठकले गरेका पाँच निर्णयहरु
कांग्रेसमा २९७ सदस्यीय केन्द्रीय समिति हुने
पत्रपत्रिकामा किन राख्नु हुँदैन समोसा, पकौडा लगायतका खानेकुरा






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्