बबईमा डुबेर २ बालिका बेपत्ता

कार्तिक ०५, २०७

तुलसीपुर ।
दाङमा नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् भने एक जनालाई सकुशल उद्धार गरिएको छ । बबई नदीमा नुहाउँन गएका दंगिशरण–२ का १४ वर्षिय रमा शाह र सल्यानको दमाचौर–१ का १४ वर्षिय गोमा चन्द डुेबर बेपत्ता भएका हुन् ।

तुलसीपुर–११ को मोतिपुर नजिकै शनिबार दिउँसो १ बजेतिर बबई नदिमा नुहाउन गएका तीन जनामध्ये दुई जना बगेर वेपत्ता भएको र एक जनालाई सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

वेपत्ता दुई जनालाई शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको टोलीले खोजि गरिरहेको उहाँले बताउनुभयो । नदिमा डुबेका दंगिशरण २ का १३ वर्षिय निरुता बस्नेतलाई बेहोस अवस्थामा उद्धार गरिएको छ । निरुतालाई तत्काल उद्धार गरिएकोले अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस