घनश्याम पाण्डे : अश्वारादेखि अमेरिकासम्म

असोज ३०, २०७

खबरशाला संवाददाता ।

२३ वर्षको अल्लारे उमेर, खायो पियो मस्तसँग रमायो । तर घनश्याम पाण्डेको जीवनमा यो उमेर जिम्मेवारीको गहु्रँगो भारी बनेर आयो । तुलसीपुरमा रहेको दाङ्ग भ्याली बोर्डिङ्ग स्कुलमा चक घोटिरहेको बेला नेकपा एमालेले उनलाई उपमेयरको उम्मेदवार बनायो ।

विद्यार्थीकालबाट पार्टीमा लागेको, जुझारु स्वभाव, हरेक परिस्थितिलाई नियन्त्रणमा लिनसक्ने गुण, पढेलेखेको अझ त्यसमा अंग्रेजी मस्तसँग बोल्न जान्ने । उनका यस्ता केयौ गुणहरुमा टेकेर काँग्रेसको जगजगी भएका बेलामा उनले निर्वाचन जिते । नेपालको इतिहासमा पनि उनको नाम लेखियो सबैभन्दा कान्छो उमेरको उपमेयर ।

२०४२/४३ पछिका सबै राजनीति तथा सामाजिक आन्दोलनमा निरन्तर सक्रिय पाण्डेले २०६२/६३ को जनआन्दोलनमा सामुदायिक वन र नागरिक आन्दोलनकोतर्फबाट देशव्यापी जनपरिचालन गरेका थिए ।


पदलाई परिणाममा परिणत गर्न गज्जबसँग जानेका पाण्डेले तुलसीपुरको अनुहारलाई उपमेयर हुँदा केही बदले । करिब १६ वर्षसम्म तुलसीपुर उनैले कोरेको बाटोमा हिडिरह्यो । बसपार्क व्यस्थापन, पुष्पलाल पार्क, बिरुवा रोपेर बजारको सौन्दर्यीकरण लगायतका तुलसीपुरको उज्यालो भविष्यसँग जोडिएका केयौ कामहरु उनले सम्पन्न गरे ।


स्थानीय तहको निर्वाचन समयमै हुन नसक्दा नेतृत्वको रिक्तता रह्यो । पाण्डेले सामाजिक अभियन्ताका रुपमा आफुलाई प्रस्तुत गरे । नेपालमा सामुदायिक वन विस्तार र विश्व समुदायलाई नेपालको पहलकदमीबारे सुनाउँदा सुनाउँदै उनले संसारका सबै देशहरु टेके । अनुभवले खारिएर फेरी उनी स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बने र जनताले विश्वास पनि गरे ।

कहिल्यै हार्न नजानेका पाण्डेमा जित्ने अचुक सुत्र पनि छ । पाँच वर्षमा तुलसीपुरलाई हेर्न, सुन्न र अनुभुत गर्न लायक वनाउनमा उनले आफ्नो सारा सामथ्र्य खर्च गरे । आज तुलसीपुर नेपालभरीका स्थानीय तहका लागि सिक्ने पाठशाला बनेको छ । यसमा पाण्डेकै अतुलनिय योगदान मान्न सकिन्छ ।

उनले नेपाल र नेपाल बाहिर विश्वका करिव ५० देशमा सामुदायिक वनको अभियान विस्तार गर्ने, वनमाथि स्थानीय समुदाय र आदिवासी जनजातिको पहुँच सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघदेखि विभिन्न विश्वका मञ्चहरुमा सशक्त भुमिका निभाएका छन् ।


लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रुपमा प्रस्तावित गरेर नेकपा एमालेले उनलाई दाङ्ग ३ क बाट उम्मेदवार बनाएको छ । पाण्डेको लामो राजनैतिक पृष्ठभुमी र आर्थिक, सामाजिक, शैक्षिक, कृषि, सहकारी, वन तथा वातावरण र समावेशी विकासमा महत्वपूर्ण योगदान रहदै आएको छ ।
२०३० भाद्र ८ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अश्वारामा सामान्य निम्न वर्गिय परिवारमा जन्मिएका पाण्डे सानैदेखि तिक्ष्ण वृद्धि र नेतृत्व क्षमतामा अब्बल थिए । उनले २०४६ सालमा जनता मावि हंशपुरबाट एसएलसी प्रथम श्रेणीमा पास गरेका हुन् । उक्त विद्यालयबाट प्रथम श्रेणीमा उत्तीर्ण हुने उनी नै पहिलो विद्यार्थी थिए ।

०४२/४३ मा विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय पाण्डेले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट विएस्सी उत्तिर्ण गरेका हुन् भने सोही क्याम्पसमा अनेरास्ववियुका तर्फबाट स्ववियुको उपसभापति भएर नेतृत्व समेत गरेका थिए ।


सामुदायिक वनको अभियानमा स्थानीयस्तरदेखि जोडिएका पाण्डे सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रीय सदस्य हुँदै, केन्द्रीय अध्यक्ष र विश्व सामुदायिक वन सञ्जालको संयोजकको रुपमा भुमिका निर्वाह गरिसकेका छन् । उनले नेपाल र नेपाल बाहिर विश्वका करिव ५० देशमा सामुदायिक वनको अभियान विस्तार गर्ने, वनमाथि स्थानीय समुदाय र आदिवासी जनजातिको पहुँच सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघदेखि विभिन्न विश्वका मञ्चहरुमा सशक्त भुमिका निभाएका छन् ।

अध्ययन, अभियान, अनुसन्धान र सामाजिक रुपान्तरणमा क्रियाशिल भइरहने पाण्डेले यसैबीचमा कानुनमा स्नातक, ग्रामिण विकासमा स्नातकोत्तर गरी हाल चेक गणतन्त्रबाट जैविक अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका छन् ।


२०४२/४३ पछिका सबै राजनीति तथा सामाजिक आन्दोलनमा निरन्तर सक्रिय पाण्डेले २०६२/६३ को जनआन्दोलनमा सामुदायिक वन र नागरिक आन्दोलनकोतर्फबाट देशव्यापी जनपरिचालन गरेका थिए । सोही क्रममा काठमाडौमा एक महिना विभिन्न राजनीतिक दलका केन्द्रीय नेतासँगै हिरासत बसी सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।

सामुदायिक वन, सहकारी,बैंक तथा वित्तिय संस्था, सामुदायिक रेडियो, युवा उद्यमशिलता अभियान, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा अनुकरणीय काम गरेका पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा समुदायको प्राकृतिक स्रोत उपरको अधिकारका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । उनले २०५४ सालमा तुलसीपुर नगरपालिकाको उपमेयर २०७४ मेयरमा लोकप्रिय मतका साथमा विजयी हासिल गरेका थिए ।


नगरप्रमुखका रुपमा मेयर पाण्डेले तुलसीपुरको समग्र विकास र समृद्धिका लागि नेपालमै नमुना कामहरु गरेका छन् । प्राविधिक शिक्षाको विकासका लागि मेट्रो कलेज र स्वास्थ्य सेवामा पहुँच र सुनिश्चितताका लागि मेट्रो हस्पिटलको स्थापना, आधुनिक कृषि बजार, अटोभिलेजको निर्माणका साथै महिला शसक्तिकरणका लागि स्मार्ट छोरी कार्यक्रम र सुत्केरी भत्ताका साथै नेपालकै पहिलो उपमहानगरपालिकाका रुपमा खरको छानो विस्थापनका उल्लेख्य भुमिका खेलका छन् ।


नेपाल नगरपालिका संघका केन्द्रीय कोषाध्यक्ष समेत रहेका पाण्डे नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन् । अध्ययन, अभियान, अनुसन्धान र सामाजिक रुपान्तरणमा क्रियाशिल भइरहने पाण्डेले यसैबीचमा कानुनमा स्नातक, ग्रामिण विकासमा स्नातकोत्तर गरी हाल चेक गणतन्त्रबाट जैविक अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका छन् ।


पाण्डेको नेतृत्व क्षमतालाई सम्मान गर्दै नेकपा एमालेले उनलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको प्रस्ताव सहित दाङ्ग क्षेत्र नम्बर ३ क बाट उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस