दाङका तीन ठाउँमा एकैदिन निर्वाचन अधिकृतको कार्यालय स्थापना

असोज २१, २०७

दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी जिल्लाको तुलसीपुर, घोराही र लमहीमा बिहीबार एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

घोराहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा तुलसीपुर र लमहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।मुख्य निर्वाचन अधिकृतमा न्यायाधीश कृपासुर कार्कीलाई तोकिएको छ। उनलाई निर्वाचन क्षेत्र नम्बर २ को जिम्मेवारी तोकिएको छ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत डोलनाथ न्यौपाने र निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन अधिकृतको जिम्मेवारी मानबहादुर विष्टलाई तोकिएको छ। यसअघि नै निर्वाचन आयोगले असोज १५ गतेदेखि २० गतेसम्म निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न निर्देशन दिएको थियो। सोही अनुरूप निर्वाचन क्षेत्र नम्बर १ को लमहीमा, निर्वाचन क्षेत्र नम्बर २ को घोराहीमा र निर्वाचन क्षेत्र नम्बर ३ को तुलसीपुरमा निर्वाचन प्रयोजनका लागि कार्यालय स्थापना गरिएका हुन्।अब आगामी २३ गते यिनै कार्यालयहरूमा उम्मेदवारहरूले मनोनयन दर्ता गर्ने छन्। यसबाहेक निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य यिनै कार्यालयहरूमा गरिने छ।

प्रतिक्रिया दिनुहोस