मेट्रोका विद्यार्थी राष्ट्रिय खेलकुदमा सहभागी हुँदै तुलसीपुर

असोज १५, २०७

असोज २८ देखि पोखरामा हनु गइरहेको नवौ बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा तुलसीपुर मेट्रो कलेजबाट दुई जना खेलाडी भिन्नाभिन्नै खेलमा सहभागी हुने भएका छन् । कलेजमा डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी सन्तोष केसी कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै खो खो र सोही कार्यक्रममा दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी रुचिता घर्ती लुम्बिनी प्रदेशबाट महिला ह्यान्डबलमा सहभागी हुने भएको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए । विभिन्न चरणमा भएको छनोट चरणको प्रतिष्पर्धापश्चात उनीहरु राष्ट्रिय प्रतियोगितामा सहभागी हुने गरी छनोटमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस