निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने

असोज ११, २०७

काठमाडौं
११-असोज/ आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले बुधवारदेखि निर्वाचन अचारसंहिता लागू गर्ने भएको छ । मंगलबार बसेको बैठकले भोलिदेखि निर्वाचन अचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैलाई अनुरोधसमेत गरेको छ ।

त्यस्तै आयोगले चुनावसम्बन्धी कानुन तथा आचारसंहिता बमोजिम आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा उम्मेदवार र दलहरूले खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने गृहकार्य भइरहेको बताएको छ । खर्चको सीमा तोक्ने सम्बन्धमा मंगलबार आयोगले राजनीतिक दलसँग परामर्श लिएको छ ।

प्रतिक्रिया दिनुहोस