एक करोड लागतमा रिद्धि सिद्धि गहना पसल संचालनमा

असोज १०, २०७

तुलसीपुर, १० असोज । दाङको तुलसीपुरमा करिब एक करोड लागतमा रिद्धि सिद्धि गहना पसल संचालनमा आएको छ । घटस्थापनाको अवसर पारेर तेस्रो शाखा संचालनमा ल्याएको प्रोपाईटर मिनराज वलीले जानकारी दिनुभयो ।

शाखाको आज तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे र तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । सुन जस्तो बहुमुल्य धातुको गुणस्तरीयतामा कुनै कमि हुन नदिएका कारण अत्याधिक ग्राहकको विश्वास र मायाले तेस्रो शाखा संचालनमा ल्याउन सफल भएको वलीले बताउनुभयो । रिद्धि सिद्धिको पहिलो शाखा विपी चोक, दोस्रो शाखा नारायणपुर र तेस्रो शाखा पुरानो बाणिज्य बैंक नजिकै रहेको छ । पसलमा अर्डर अनुसारका गरगहनाहरु गराउने गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस