तुलसीपुरका व्यापारीले सिडियाेसंग सुरक्षा मागे

खबरशाला संवाददाता  |  श्रावण १४, २०७८

तुलसीपुर, १३ साउन । तुलसीपुरका क्षेत्रका व्यापारीहरुले सुरक्षाकाे वातावरण बनाउन माग गरेका छन् । तुलसीपुर चेम्बर अफ कमर्सले दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङलाई गरेको स्वागत तथा भेटघाट कार्यक्रमा बोल्दै व्यापारीहरुले विगत भन्दा तुलनात्मक रुपमा सहज अवस्था भएपनि ढुक्क हुने अवस्था भने नभएको बताए।

पछिल्लो समय प्रशासनिक काम बाह्यक विकास निर्माणका काममा सरिक हुँदा छोटो समयमा प्रमुख जिल्ला अधिकारीले चर्चा बटुलेको भन्दै व्यापारीेलाई सुरक्षीत हुनका लागि खोपको व्यवस्था गरिदिन समेत माग गरेका छन् ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी कुरुङबाङले दाङको शान्ति सुरक्षा र विकासका लागि आफु गम्भिर रहेको बताए । आफु रहँदासम्म व्यापारीलाई ढुक्क भएर आफ्नो व्यापार व्यवसाय गर्ने वातावरणको अवस्था सृजना गर्ने प्रतिवद्धता जनाए ।

अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालको युवा नेता विनोद शर्मा, नेपाली कांग्रेसका नेता जनकप्रसाद खराल, युवा व्यवसायी बलिराम खत्री, चेम्बरका सचिव ऋषीराज भण्डारी, लगाएतले धारणा राखेका थिए । चेम्बरका उपाध्यक्ष वेणु अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव प्रेम प्रकाश गिरीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस