पत्रे खाेलाले महिला बगायाे

खबरशाला संवाददाता  |  असार १२, २०७८

तुलसीपुर, १२ असार । दाङमा खोलाले बगाउँदा एक महिला वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । भाईरल रोडको पुल नजिकै बगालेखोलाले बगाउँदा महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए।

अन्दाजी ५० बर्षकी महिलाको आफन्त सम्पर्कमा नआएकाले नाम र ठेगाना नखुलेको प्रहरीले बताएको छ । घटना स्थलमा प्रहरी निरीक्षकको नेतृत्व प्रहरी परिचालन गरिएको छ भने गाउँलेहरुले पनि खोजी गरेको प्रहरीले बताएको छ । दिउँसो खोला तर्ने क्रममा स्थानीयले बगाएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस