तुलसीपुर बनाउन काठमाडौमा मेयरको दौडधुप

जेठ २६, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेको बुधवारको दैनिकी निकै व्यस्त रह्यो । समृद्ध तुलसीपुरका लागि विभिन्न ठूला परियोजना सञ्चालन गर्न नगरप्रमुख पाण्डेले नेपाल सरकारका विभिन्न मन्त्रीहरुसँग भेटघाट गरेका हुन् ।


नगरप्रमुख पाण्डेले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेटघाट गरेर तुलसीपुर स्मार्ट सिटी परियोजनालाई तत्काल सुरु गर्न अनुरोध गरेका हुन् । साथै उनले तुलसीपुरविभिन्न ठूला परियोजना सञ्चालनका विषयमा पनि मन्त्री पौडेलसँग छलफल गरेको जानकारी दिए ।


नगरप्रमुख पाण्डेले तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरिरहेको तुलसीपुर मेट्रो अस्पतालको स्तरवृद्धिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरवहादुर तामाङ्गसँग पनि माग गरेका छन् । तुलसीपुुरमा आइलोसन थप व्यवस्थापनका लागि पनि उनले माग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस