युवा नेता मोहन पौडेलको उदाहरणीय काम

जेठ १७, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का जनताहरुले कुनै पनि समस्या प¥यो भने सम्झने नाम हो मोहन पौडेल । नेकपा एमालेका युवा नेता पौडेल सामाजिक कामका लागि सधै अग्रसर हुने गरेका छन् । ‘नेता भएको हिसाबले समाजमा भएका समस्या समाधान गर्नु मेरो दायित्व हो ’ खबरशालासँग उनले वताए । पाैडेन नेकपा एमाले वडा नम्बर १३ काे ईञ्चार्ज समेत हुन् ।


गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजित भएता पनि उनले सामाजिक काममा भने हात हाल्न छाडेका छैनन् । ‘जिते पछी जनता सम्झने अरु बेला बिर्सने काम मैले गर्दैन । हार्नु र जित्नु फरक कुरा हो , जनताको काम गर्न कहिल्यै छाडिदैन ’ उत्साहित हुँदै उनले सुनाए ।


पौडेलको सहयोगी भावनका कारण नै वडाका जनताहरु जनप्रतिनिधि भन्दा पनि उनलाई खोज्ने गर्दछन् । यसैबीच पौडलेले सोमबार एक विपन्न महिलालाई सहयोग गरेका छन् ।

घरमा खानेकुरा नहुँदा भोकै वस्न वाध्य बराखुटीको सुमित्रा विकलाई उनले खाद्यान्न लगायतको सहयोग गरेका हुन् । सहयोग माग्दै विभिन्न ठाउँमा गएपनि केही नपाएपछी निराश बनेकी विकलाई उनले १० हजार बराबरको खाद्यान्न लगायतको सहयोग गरेका हुन् ।

पाैडेलले सहयाेग गरेपछी घरमा चुलाे बलेकाे पनि उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस