सबै पालिकालाई सेवा दिदै तुलसीपुर आईसाेलेसन
तुलसीपुर । कोरोना संक्रमितलाई उपचार गर्नका लािग तुलसीपुर उपमहानगरपालिकाले बनाएको ५० बेडको तुलसीपुर मेट्रो अस्पतालले दाङ्गका सबै पालिकाका संक्रमितहरुलाई सेवा दिइरहेको छ ।
तुलसीपुर उपमहानगरपालिकाका कोरोना संक्रमितलाई उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको भएपनि अस्पतालले अहिले सबै पालिकाका बिरामीहरुलाई सेवा दिइरहेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।
“अन्य पालिकामा पूर्वाधार नबनेको अवस्थामा हामीले सहयोग गरिरहेका छौ ” उनले भने ।
अस्पतालले हालसम्म दंगिशरण गाउँपालिकाका ६ जना, कपुरकोट,कालिमाटी र छत्रेश्वरी गाउँपालिका सल्यानका ५ जना , शान्तिनगर गाउँपालिकाका २ जना, बबई गाउँपालिकाका २ जना र घोराही उपमहानगरपालिकाका १ जनालाई सेवा दिइसकेको कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।
उनले अस्पतालबाट हालसम्म १ सय १३ जनाले सेवा लिएको समेत बताए ।
प्रतिक्रिया दिनुहोस