गणतन्त्र स्थानीय विकासकाे आधार : नगर प्रमुख पाण्डे

खबरशाला संवाददाता  |  जेठ १५, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गणतन्त्रमा नागरीककाे अर्थपूर्ण सहभागिता हुने कुरा बताएका छन् । गणतन्त्र दिवसकाे अवसरमा शुभकामना सन्देश दिदै पाण्डेले व्यवस्थासँगै नागरिककाे जीवनस्तर पनि बदलिनुपर्ने कुरामा जाेड दिएका छन् ।

शुभकामना सन्देशकाे पूर्णपाठ

संघीय लोकतान्त्रिक गणतन्त्र ब्यबस्थाले स्थानीय स्तरमा कोरोना महामारीसङ्ग लड्न सहज भएको छ ! स्थानीय विकास निर्माण, सामाजिक सुधार, वन वातावरणको सुधार भएको छ । कृषिको विकास, शिक्षा र स्वास्थ्य सेवामा पहिले भन्दा सुधार भएको छ ! यस्ले संघीयताको आवश्यकता र महत्व पुष्टि गरेको छ ।

लोकतन्त्र शासन पद्धतिको सर्बोत्कृस्ट विधि हो । लोकतन्त्र राजनीतिक छनौटको विधि मात्रै होईन, यो त समृद्धि र समग्र जीवन रुपान्तरणको पनि पद्धति हो । बित्तीय लोकतन्त्र, आर्थिक लोकतन्त्र, सामाजिक समावेशी लोकतन्त्र, अन्तरपार्टी लोकतन्त्र मा आमूल सुधारको आवश्यकता छ !

लोकतन्त्रमा विधि, पद्धति, सस्थागत निर्णय र सहभागिता भन्दा ब्यक्तिका वा स्वार्थि समुहको प्रवृति हावी हुनु लोकतन्त्रको लागि चुनौती हो ! अहिलेको आवश्यक्ता भनेको समग्र पक्षको लोकतान्त्रिकरण हो ।

गणतन्त्र भनेको ब्यबस्था मात्रै बदल्ने कुरा होइन, यो त नगारिक र देशको समग्र अवस्था बदल्ने सुत्र पनि हो ! यसका लागि निजि वा स्वार्थ समुहको हितमा नभै, आग्रह पुर्बाग्रहमा नराखी आपसी सम्बाद र सद्भावबाट नागरिकगणको अर्थपूर्ण सहभागीताबाट नै संघीय लोकतान्त्रिक गणतन्त्र ब्यबस्थाको सुदृढ गर्नुपर्दछ ।

विगतका तिता मिठामा नअल्झी समाजवाद,समृद्द नेपाल र सुखी नेपालीको सपना पूरा गर्न सवैले संकल्प गरौ ! विबादमा नअल्झौ, सम्वाद बढाऔ, सहमती र सहयात्रामा लामबद्ध बनौ – संघीय लोकतान्त्रिक गणतन्त्र दिवसका अवसरमा समस्त आमा-बुवा, दिदी-बहिनी, दाजुभाई सवैमा हार्दिक मंगलमय शुभकामना

प्रतिक्रिया दिनुहोस