दाङ्गका ३ पालिकामा ग्रीन फाउन्डेसनको सहयोग

खबरशाला संवाददाता  |  जेठ १०, २०७८


तुलसीपुर । ग्रीन फाउन्डेसन नेपालले दाङ्गका तिन पालिकामा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना महामारी व्यवस्थापनमा पालिकाहरुलाई केही सहयोग होस् भन्नका लागि सहयोग गरिएको अध्यक्ष विष्णु केसीले जानकारी दिए ।


फाउन्डेसनले बबई, शान्तीनगर र दंगिशरण गाउँपालिकाले सञ्चालन गरेको आइसेलेसन सेन्टरका लागि पिपिए, मास्क लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सचिव सुरेश रावतले वताए ।

सामग्रीको हस्तान्तरण तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस