यी हुन् अदुवाका फाईदाहरु

खबरशाला संवाददाता  |  जेठ ०७, २०७८

अदुवा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसमा यस्ता न्यूट्रीएन्ट्स हुन्छ, जसले कयौँ स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ । यसको फाइदालाई हेर्ने हो भने चिकित्सकका अनुसार, दिनहुँ अदुवाको एक टुक्रा आफ्नो आहारमा समावेश गर्नुपर्दछ । यसकारण आज हामी चर्चा गर्दैछौँ, अदुवाको यस्ता ७ फाइदा र यसको साथै यस्ता ३ किसिमका व्यक्तिले भूलेर अदुवाको सेवन गर्नुहुँदैन

अदुवाको यी हुन्, ७ फाइदा
१-अदुवाखाँदा कोलेस्ट्रोल स्तर कम हुन्छ । यसले मुटुको समस्याबाट बचाउँछ ।
२-यसमा थर्मोजेनिक एजेन्ट्स हुन्छ । यसले फ्याट बर्निंग प्रोसेस तीव्र हुन्छ । जसकारण वजन चाँडो कम हुन्छ ।
३-अदुवामा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । यसले जोर्नीको दुखाईबाट बचाउँछ ।
४-यसमा फोस्फोरस हुन्छ । यसले दाँतलाई मजबूत राख्छ र गिजाको समस्याबाट पनि बचाउँछ ।
५-यसबाट शरीरको इम्यूनिटी बढ्छ । यसले रुघाखोकी जस्ता इन्फेक्शनबाट बचाउँछ ।
६-यसमा एन्टीसेप्टिक गुण हुन्छ । यसले त्वचा सम्बन्धि समस्या जस्तै:- डन्डीफोर हुनबाट बचाउँछ ।
७-यसमा आयरन हुन्छ । यसले रगतको कमी(एनीमिया) बाट बचाउँछ ।

यस्ता ३ किसिमले व्यक्तिले खानुहुँदैन,
१-जसलाई पीरियड्स समस्या छ
अदुवा गरम प्रकृतीको हुन्छ । जो व्यक्तिलाई पीरियड्स समस्या हुन्छ, उनीहरूले यसको सेवन गर्नुहुँदैन । यसबाट समस्या बढ्न सक्छ ।
२-जसलाई एसिडिटीको समस्या छ,
यसलाई बढी खाँदा एसिडको स्तर बढ्न सक्छ । यसकारण एसिडिटी जस्ता पेटको समस्या हुँदा यसको सेवन गर्नुहुँदैन ।
३-जसलाई डायबिटीज छ,
अधिक अदुवा खाँदा ब्लड शुगर लेभल लो हुनसक्छ । यसकारण डायबिटीजको रोगीले यसलाई खानुहुँदैन000000

प्रतिक्रिया दिनुहोस