मनकारी धितालले पठाए साउदीबाट २५ हजार

खबरशाला संवाददाता  |  जेठ ०५, २०७८



तुलसीपुर, ५ जेठ । साउदीको अल जौफबाट एक नेपालीले तुलसीपुरको मेट्रो अस्पताललाई २५ हजार सहयोग गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१ न्युरोड टोल निबासी मिनप्रसाद धितालले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि आर्थिक सहयोग गरेको बताए ।
मेट्रो अस्पतालमा निर्माण गरिएको आइसोलसनमा अहिले कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । अक्सिजन र आइसोलेसन व्यवस्थापनका लागि सहयोग गरेको धितालले बताए ।

‘म रोजगारीका लागि विदेशमा भएपनि मेरो मन नेपालमै छ । मेरो श्रीमती र छोराछोरी पनि नेपालमै छन् ,’ धितालले भने–‘ हामी बिरामी हुँदा उपचारकालागि जाने अस्पताल पनि त्यही हो । त्यसैले आफ्नो कर्तव्य सम्झेर दुःखसुख गरेर कमाएको पैसा पठाएको हुँ ।’

प्रतिक्रिया दिनुहोस