कोभिडमा तुलसीपुरको निर्णय, हरेक स्वास्थ्य कार्यालयमा अक्सिजन सिलिन्डर, आफ्नै अक्सिजन प्लान्ट

खबरशाला संवाददाता  |  बैशाख २, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सबै वडामा रहेका स्वास्थ्य कार्यालयमा अक्सिजन सिलिन्डर पुर्याउने भएको छ । कोरोना संक्रमण भयावह वन्दै जान थालेपछी आपतकालिनरुपमा वसेको कार्यपालिकाको बैठकले अक्सिजनको अभावलाई रोक्नका लागि तत्काल अक्सिजन प्लान्ट निर्माण गर्ने भएको हो ।


नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले यस्ता निर्णयहरु गरेको छ ।
१. प्रत्येक वडाको स्वास्थ्य कार्यालयमा ५ / ५ वटा अक्सिजन सिलिन्डर र २/२ वटा अक्सिजन कन्स्ट्रेटर व्यवस्था गर्ने ।


२. तुलसीपुर कोरोना आईसोलेसन हस्पिटलमा कम्तिमा १०० अक्सिजन सिलिन्डर, २५ अक्सिजन कन्सन्ट्रेटर खरिद गर्ने र कोरोना जाच प्रयोगशाला स्थापना गर्ने ।


३. अक्सिजन प्लान्ट जडान गर्ने ।


४. आइसोलेसन हस्पिटल सन्चालनको लागि तत्काल बिजौरी प्रादेशिक आयुर्वेद हस्पिटल, राप्ती औषधालय, राप्ती प्रादेशिक हस्पिटल, अन्य निजि हस्पिटल र उपमहानगरको स्वास्थ्यकर्मी तथा कर्मचारीबाट ब्यबस्थापन गर्ने थप १०२ जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने ।


५. स्वास्थ्य सामग्री र औषधिको ब्यबस्थापनलगायत यी सबै काम गर्न ५ करोडको कोभिड बिपत प्रतिकार्य कोष स्थापना गर्ने ।


६. संघ तथा प्रदेश सरकारलाई कम्तिमा १० करोड को सहयोग गर्न अनुरोध ।


७. शववाहन १ र थप एम्बुलेन्स ५ वटा खरीद गर्ने ।

८‍‌ जनप्रतिनिधिकाे एक महिनाकाे सेवा सुविधा काेराेना काेषमा जम्मा गर्ने ।

प्रतिक्रिया दिनुहोस