काेभिडका बिरामीलाई अटो एम्बुलेन्स सेवा

खबरशाला संवाददाता  |  बैशाख २४, २०७८


तुलसीपुर । कोभिडका विरामीहरुलाई अस्पताल जानका लागि कठिनाई भएको भन्दै यहाँका स्थानीय युवाहरुले एम्बुलेन्सका रुपमा अटो रिक्सा सञ्चालन गरेका छन् । स्थानीय युवा मोहन सुनारको सहयोगमा उनीहरुले पहिलो चरणमा ९ वटा एम्बुलेन्सहरु यस्तो सेवाका लागि प्रयोग गरिरहेका छन् ।

अस्पताल जान आवश्यक भएको तर केही पनि साधन नपाएको विरामीले शुल्क नै नतिरेर यस्तो सेवा लिइरहेका छन् । नगरप्रमुख घनश्याम पाण्डेले अभियानकाे सुरुवात गर्दै सबै मिलेर मात्र काेराेनासँग लड्न सकिने वताए । अटाे रिक्सा सेवा लिनका लागि स‌याेजक दिपकल कुमाललाई ९८५७८२५८६३ मा सम्पर्क गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस