कोरोना अस्पताल प्याक, व्यवस्थापक वली भन्छन् ‘अव भर्ना गर्न सकिन्न’

खबरशाला संवाददाता  |  बैशाख २३, २०७८


तुलसीपुर । बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पताल प्याक भएको व्यवस्थापक द्रोण वलीले वताएका छन् । ५० जना विरामी भर्ना गरेर उपचार गर्नुपर्नेमा ५७ जना विरामी राखेर उपचार गरिरहेको पनि उनले वताए ।

‘अस्पतालमा १ सय वेड रहेको भएपनि ५० वटा वेडा कोरोना निको हुन लागेका विरामीहरुलाई राख्ने गरी व्यवस्थापन गरिएको हुन्छ । ’ व्यवस्थापक वलीले भने । उनले अक्सिजनको अभावमा केही विरामीले ज्यान गुमाउनु परेको वताउँदै व्यवस्थापनका लागि सहयो गर्न सबैलाई अनुरोध समेत गरेका छन् ।


‘अक्सिजन आवश्यक पर्ने बिरामी भर्नागरि उपचार गर्न कठिनाई भइरहेको छ त्यसैले प्रयाप्त र सहज अक्सिजन उपलब्धताको लागि सहयोग गरिदिनुहुन दाङका मन्त्री , पुर्ब मन्त्री , माननीय , पार्टीका नेता , समाजसेवी बुद्धिजीवि सम्पुर्ण सबैमा हार्दिक अनुरोध गर्दछु’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस