अक्सिजन बैकमा सहयोग जम्मा हुँदै, घरघरमा निशुल्क अक्सिजन पुर्याइदै

खबरशाला संवाददाता  |  बैशाख २२, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले घर घरमा निशुल्क अक्सिजन पु¥याउनका लागि वनाएको अक्सिजन बैकमा रकम जम्मा भइरहेको छ । कोभिड संक्रमणमा परेका विरामीहरुलाई अहिले घर घरमा अक्सिजन पु¥याइदै आइएको छ ।


नगरप्रमुख घनश्याम पाण्डेले अक्सिजन बैकका लागि सहयोग गर्न अपिल समेत गरेका छन् । सबैको सहयोगले मात्रै महामारीसँग लड्न सकिने वताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

वुधवारसम्म कोषमा एमाले नेता नेत्रमणी लामिछानेले ५० हजार, तुलसीपुर उपमहानगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख टोपवहादुर डाँगीले आमा मित्राकुमारी डाँगीको सम्झनामा ५० हजार, रेशम लामिछानेले २५ हजार, जन्मदिनको अवसर पारेर व्यवसायी यज्ञवहादुर केसीले २२ हजार,व्यवसायी हमिद खानले १५ हजार, रेशम डाँगीले १० हजार सहयोग गरेका छन् ।

यसका साथै विभिन्न व्यवसायी, संघसंस्थाले अक्सिजन सिलिन्डर दिएर समेत सहयोग गरेको विपद् व्यवस्थापन समितिका संयोजक टोपवहादुर डाँगीले जानकारी दिए ।


अक्सिजन वैक मार्फत घरमै रहेका संक्रमितहरुलाई अक्सिजनको आवश्यक परेमा घरमै पु¥याउने गरिएको छ । यसको जिम्मा लिएका छन् पदम पोख्रेल जेठुकान्छु लगायतको समुहले । केही दिन यता अक्सिजनको अभाव भएपछि विभिन्न ठाउँबाट अक्सिजन सिलिन्डर संकलन गरेर अभाव टारिएको छ । ‘हामीले भनेकै घरमा भनेकै समयमा अक्सिजन पु¥याउने गरेका छौ’ पोख्रलले भने ।

सहयाेग गर्न चाहनेले मेघा बैंक नेपाल लिमिटेड शाखा तुलसीपुर दाङ खाता नं : 0380010079112 रकम जम्मा गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस