मुख्यमन्त्री शंकर पोखरेलले लिए शपथ

खबरशाला संवाददाता  |  बैशाख १, २०७८

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा विपक्षी दलले नाराबाजी गर्दै धर्ना दिएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई शपथ खुवाएका हुन् । विपक्षी गठबन्धनले नाराबाजी गर्दै धर्ना दिएपछि प्रदेश प्रमुख  यादव सपथग्रहण गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा पुगेका थिए । 

अविश्वासको प्रस्तावमा सदनमा टेबुल हुनुअघि पोखरेलले आइतबार बिहान राजीनामा दिएका थिए । प्रदेश प्रमुख कार्यालयमा वैकल्पिक सरकार निर्माणका निम्ति ४२ सांसदले हस्ताक्षर बुझाएपनि प्रदेश प्रमुख यादवले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।
 
एमालेकी सांसद विमला खत्री माओवादीमा प्रवेश गरेकी थिइन् भने सांसद दुगनारायण पाण्डेयले राजीनामा दिएका थिए । यस्तै, अजय शाही र धर्मबहादुलाल श्रीवास्तवले मुख्यमन्त्री पोखरेललाई समर्थन नजनाउने बताएपछि उनी अल्पमतमा परेका थिए ।
 
पोखरेलले आइतबारै मन्त्रिपरिषद् समेत विस्तार गरेका छन् । उनले वैजनाथ चौधरीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री, हरि रिजाललाई स्वास्थ्य तथा जनसंख्या, सन्तोष पाण्डे भौतिक पूर्वाधार, विजय पाण्डेलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएका हुन् 

प्रतिक्रिया दिनुहोस