नगरप्रमुख पाण्डे र उपप्रधानमन्त्री पोख्रेल बीच संवाद, दाङ्गमा अक्सिजन आपूर्ति सहज हुने

खबरशाला संवाददाता  |  बैशाख १, २०७८


तुलसीपुर । दाङ्गका अक्सिजन आपूर्तिमा भएको असहजताका बारेमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र उपप्रधानमन्त्री इश्वर पोख्रेल टेलिफोन सम्बाद भएको छ ।

दाङ्ग लगायत विभिन्न जिल्लामा अक्सिजन अभावका कारण कोरोना संक्रमितहरुको मृत्यु हुने गरेको भन्दै अक्सिजन आपूर्तिमा सहजताका लागि नगरप्रमुख पाण्डेले सिसिएमसीमा संयोजक समेत रहेका उपप्रधानमन्त्री पोख्रेलसँग आग्रह गरेका थिए ।

नेपालगञ्जमा रहेको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन ठूलाे परिमाणमा भारतमा जाने गरेको बताउँदै संक्रमणको अवधिमा छिमेकी जिल्लाहरुलाई प्राथमिकतामा राखेर आपूर्ति गर्नका लागि उपप्रधानमन्त्री पोख्रेललाई नगरप्रमुख पाण्डेले ध्यानाकर्षण गराएका थिए । पाण्डेसँगकाे कुराकानी पश्चात उपप्रधानमन्त्री पाेख्रेलले सम्बन्धित पक्षलाई निर्देशन समेत दिएका छन् ।

‘उहाँसँगको सम्वाद पश्चात भोलिबाट अक्सिजन आपूर्तिमा सहजता हुने हाम्रो विश्वास रहेको छ’ नगरप्रमुख पाण्डेले भने । नेपालगन्जमा उत्पादित भएको अक्सिजन अहिले ठूलो परिमाणमा भारत गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस