मृतक बालकहरुकाे सनाखत, गाडी मालिक र चालक नियन्त्रणमा

खबरशाला संवाददाता  |  बैशाख १, २०७८

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्याउली बजारमा पार्किङ गरिराखेको एउटा कारभित्र मृत फेला परेका तीनजना बालकहरूको सनाखत भएको छ।

तुलसीपुर प्रहरी कार्यालयका अनुसार मृत फेला परेका ती बालकहरू तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडहर बस्ने भीमबहादुर परियारका १० बर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ बर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ बर्षीय छोरा करण परियार रहेका छन्।

उनीहरु तीनै जना वैशाख १६ गते हराएका थिए।

६–७ महिनादेखि पार्किङ गरिराखेको गाडीमा कसरी शव फेला पर्‌यो? भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यो गाडी स्थानीय यादव गैरेको भएको प्रहरीले जनाएको छ। गैरेले त्यो गाडी आफ्नै घर छेउमा ७ महिनादेखि पार्किङ गरिराखेका थिए। भारतीय प्लेट आरजे सीसी ०८८५ नम्बरको गाडी धनी गैरे र चालक पदम बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस