तुलसीपुरले बनायो अक्सिजन सहितको ५० बेडको आइसोलेसन सेन्टर

खबरशाला संवाददाता  |  बैशाख १७, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले कोरोना संक्रमित विरामीलाई लक्षित गरेर ५० बेडको आइसोलेसन सेन्टर वनाएको छ ।

तुलसीपुर मेट्रो अस्पतालका लागि वडा नम्बर ८ को अश्वारामा निर्माण भएको भवनमा आइतवारदेखि सञ्चालन हुनेगरी अक्सिजन सहितको आइसोलेसन सेन्टर वनाइएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

नगरप्रमुख पाण्डेले आइतवारदेखि सञ्चालन हुनेगरी सबै तयारी पुरा भएको वताए । सेन्टर सञ्चालनमा आएसँगै गम्भिर प्रकृतिका संक्रमितहरु घरमै वस्नुपर्ने वाध्यताको अन्त्य हुने समेत उनले वताए ।


‘एकपटकमा पचास जना विरामीहरुलाई नै लक्षित गरेर स्वास्थ्यकर्मीहरु र औषधिको व्यवस्था गरिएको छ’ नगरप्रमुख पाण्डेले भने ।

प्रकोपको समयमा जनताको ज्यान जोगाउने कुरा नै सबैभन्दा महत्वपूर्ण हुने भन्दै नगरप्रमुख पाण्डेले कोरोना संक्रमितको वचाउनका लागि स्थानीय सरकार प्रतिवद्ध भएर लागेको वताए ।

‘जटिल प्रकृतिका विरामी रहेका जनताको घरघरसम्म हामीले अक्सिजन र स्वास्थ्यकर्मी पु¥याउने काम गरेका छौं’ मेयर पाण्डेले भने ।

प्रतिक्रिया दिनुहोस