शुक्रवार तुलसीपुरमा थप २ कोरोना संक्रमितको मृत्यु

खबरशाला संवाददाता  |  बैशाख १७, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा शुक्रवार विहान २ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तुलसीपुर कोभिड फोकल पर्सन विमल केसीका अनुसार वडा नम्बर ९ का वर्ष ३६ का पुरुष र वडा नम्बर १२ की ७० वर्षिया महिलाको मृत्यु भएको हो । वडा नम्बर ९ का पुरुष गम्भिर निमोनियाका कारण नेपालगञ्जमा उपचार गराएर हिजो मात्रै घर फकिैएका थिए ।

उनको घरमै मृत्यु भएको हो भने महिलाको भने कोभिड अस्पताल बेलझुण्डीमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक दुवैको दाहसंस्कारका लागि तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य शाखाले प्रक्रिया अगाडी बढाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस